धनगढी/असार ३१ गते। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सत्तारूढ सहयोगी दल नेकपा एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।
यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमाले माथी दबाब बढाएका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा रहेको बेला एमालेका तर्फवाट सरकारमा सहभागी भएका मन्त्रीहरू बर्खास्त गरिदिएका हुन ।
बजेटको बिषयमा आन्तरिक बिबादमा रहेको बेला मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । यसरी बर्खास्त पर्नेमा एमालेका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद रहेका छन।















Discussion about this post