सुर्खेत/असार ३१ गते। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।
आज बिहान बसेको मन्त्रि परिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा बुझाएका हुन ।
प्रदेश सरकारमा सहभागी रहेर राम्रो काम गर्न नसकेको भन्दै कांग्रेस संसदीय दलको बैठकमा बेला बेला प्रश्न उठिरहेको बेला यो राजिनामा आएको हो ।















Discussion about this post