काठमाडौं/असार ३१ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झा सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको प्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले राज्य आफैंले आतङ्कित बनाउन नहुने धारणा राखेका छन् ।
नेता झाले बुधबार बिहान फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो, यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ उनको प्रश्न छ, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैं थप आतङ्कित बनाउने हैन, यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’
















Discussion about this post