काठमाडौं/असार २४ गते। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ५ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बखतमा पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो । पुर्व अर्थमन्त्रीसमेत रहेका पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज भइसकेको छ ।















Discussion about this post