काठमाडौं/असार १४ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीहरू बिच कार्यगत एकता हुनै पर्नेमा जोड गरेका छन् ।
नेकपा एमालेका संस्थापक मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बामपन्थी शक्तिका बिचमा कार्यगत एकतामा जोड दिएका हुन् ।
‘हाम्रा नीतिहरू सही छन्, एमालेको नीति सही छ कि छैन भन्ने बारेमा त्यसमा छलफल गर्नै पर्दैन, हामीले राम्रो काम पनि गरेका थियौं, गरेका छौं,’ उनले भने, ‘तर, हिंसाको बलमा, सस्तो लोकप्रियतामा हामीलाई बदनाम गराउने काम भइरहेको छ, त्यसैले पनि बामपन्थी शक्तिहरू बिचमा कार्यगत एकता हुन जरूरी छ, गर्नै पर्छ ।’
‘समृद्द नेपाल, सुखी नेपाली’ नै समाजवाद भएको जनाउँदै उनले ‘परिपुर्ण लोकतन्त्र’ नै असली समाजवाद रहेको पनि उनले जनाए ।





















Discussion about this post