nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

गिरिजानन्द साह गिरिजानन्द साह
असार १४, २०८३, ७:३८ मध्यान्ह
रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

तेजन खड्का/काठमाडौं/असार १४ गते। कहिलेकाहीँ समाजमा यस्ता मानिसहरू पनि हुन्छन्, जसले आफ्नो समय, श्रम र सीप कुनै व्यक्तिगत लाभका लागि होइन, अरूको सुरक्षा र प्रकृतिको संरक्षणका लागि खर्चिरहेका हुन्छन्।

उनीहरू चर्चाको केन्द्रमा कमै आउँछन्, तर उनीहरूको योगदान समाजका लागि असाधारण हुन्छ। मोरङको उर्लाबारी-४ का २९ वर्षीय रमेश भण्डारी त्यस्तै एक युवा हुन्, जसले पछिल्ला आठ वर्ष आफ्नो जीवन सर्प उद्धार र संरक्षणमा समर्पित गरेका छन्।

सामान्यतया सर्पको नाम सुन्नासाथ धेरै मानिस डराउँछन्। घर वरिपरि सर्प देखिए भाग्ने, मार्ने वा अरूलाई बोलाएर हटाउने चलन अझै समाजमा व्यापक छ। तर रमेशका लागि सर्प डरको विषय होइन, अध्ययन, संरक्षण र सहअस्तित्वको विषय हो। यही सोचका कारण उनले अहिलेसम्म १ हजार ३ सयभन्दा बढी सर्पलाई सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक वासस्थानमा फर्काइसकेका छन्।

उनको मोबाइलमा दिनहुँजसो फोन आउँछ। कतै भान्साघरमा सर्प पसेको हुन्छ, कतै ओछ्यानमुनि लुकेको हुन्छ। कहिले खेतबारीमा काम गरिरहेका किसानले सर्प देख्छन्, त कहिले विद्यालय परिसरमै सर्प भेटिन्छ। सूचना पाएपछि रमेश समय, मौसम वा दूरीको हिसाब गर्दैनन्। उनी तत्काल उद्धारका लागि निस्कन्छन्।

वर्षायाममा त उनको व्यस्तता झन् बढ्छ। पानी परेपछि सर्पहरू आफ्नो बासस्थानबाट बाहिर निस्कने भएकाले मानिस र सर्पबीचको सम्पर्क बढ्छ। यतिबेला उनी प्रायः दैनिक रूपमा उद्धार कार्यमा खटिइरहेका हुन्छन्।

रमेशको सर्पसँगको सम्बन्ध कुनै योजनाबद्ध निर्णयको परिणाम थिएन। करिब २० वर्षको उमेरमा छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनको जीवनको दिशा बदलिदियो। विष्टले कुनै विशेष उपकरणबिनै ठूला सर्प समातेर सुरक्षित स्थानमा लैजाने गरेको देख्दा रमेश अचम्मित हुन्थे। सुरुमा उनले जिज्ञासाका रूपमा हेरे। पछि सिक्न थाले। बिस्तारै त्यो जिज्ञासा रुचिमा बदलियो र रुचि नै जीवनको महत्वपूर्ण जिम्मेवारी बन्यो।

सुरुआती दिनहरू भने निकै चुनौतीपूर्ण थिए। अनुभवको कमीका कारण अविषालु सर्प समात्ने क्रममा उनी पटक–पटक डसिए। कतिपटक त रगतसमेत बग्यो। तर उनले हिम्मत हारेनन्। अविषालु सर्पले ज्यान लिँदैन भन्ने ज्ञानले उनलाई अगाडि बढ्न प्रेरित गरिरह्यो। त्यसपछि उनले सर्पको प्रजाति, व्यवहार, बासस्थान, विषको प्रभाव तथा उद्धारका वैज्ञानिक विधिबारे गहिरो अध्ययन गर्न थाले।

आठ वर्षको अनुभवपछि अहिले उनी विषालु र अविषालु सर्प छुट्याउन सक्षम छन्। उद्धारका क्रममा सर्पको चालढाल हेरेर नै त्यसको व्यवहार अनुमान गर्न सक्छन्। तर अनुभव बढ्दै जाँदा जोखिम भने कम भएको छैन। सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ, उनी हाँस्दै भन्छन्, हामी पुगेपछि सर्प अझ सतर्क हुन्छ। त्यसैले हरेक क्षण सजग रहनुपर्छ।

उनका अनुसार धेरै दुर्घटना मानिसको डरका कारण हुने गर्छन्। सर्प देख्नेबित्तिकै ढुंगा हान्ने, लाठीले हिर्काउने वा आगो लगाउने प्रवृत्तिले समस्या झन् बढाउँछ। आत्मरक्षाका लागि सर्पले प्रतिकार गर्दा मानिस घाइते हुने सम्भावना बढ्छ। “सर्पले मानिसलाई खोजेर टोक्दैन,” रमेश भन्छन्, “उसले आफूलाई खतरा महसुस गरेपछि मात्रै प्रतिकार गर्छ तर यदि उसलाई सुरक्षित रूपमा बाहिर निस्कन दिइयो भने धेरैजसो अवस्थामा उसले कसैलाई हानि गर्दैन।”

उनको अनुभवमा समाजमा सर्पबारे धेरै भ्रम र अन्धविश्वास अझै जीवित छन्। कतिपयले सर्पले बदला लिन्छ भन्ने विश्वास गर्छन्। कसैले सर्पले मानिसको अनुहार सम्झन्छ भन्छन्। तर वैज्ञानिक दृष्टिले यस्ता अधिकांश विश्वासको कुनै आधार छैन। यिनै भ्रमका कारण अनावश्यक रूपमा हजारौं सर्प मारिने गरेका छन्।

रमेश सर्पलाई एउटा जनावरको रूपमा मात्र हेर्दैनन्। उनी सर्पलाई पर्यावरणीय सन्तुलनको महत्त्वपूर्ण कडी मान्छन्। खेतबारीमा मुसाको संख्या नियन्त्रण गर्न सर्पले ठूलो भूमिका खेल्ने उनको भनाइ छ। मुसाले बाली नष्ट गर्ने, रोग फैलाउने र खाद्यान्नमा क्षति पुर्‍याउने भएकाले सर्पको उपस्थितिले कृषि प्रणालीलाई समेत सहयोग पुग्छ।

“यदि सर्प नै नहुने हो भने मुसाको संख्या अत्यधिक बढ्छ,” उनी भन्छन्, “त्यसको असर किसानदेखि वातावरणसम्म सबैले भोग्नुपर्छ।”

उद्धार कार्यसँगै रमेश जनचेतना फैलाउने अभियानमा पनि सक्रिय छन्। उनी विद्यालय, किसान समूह, युवा क्लब तथा विभिन्न सामाजिक संघसंस्थामा पुगेर सर्प संरक्षण र सहअस्तित्वबारे प्रशिक्षण दिन्छन्। सर्प देख्दा के गर्ने, कसरी सुरक्षित रहने, टोकिहालेमा प्राथमिक उपचार कसरी गर्ने जस्ता विषयमा उनी नियमित रूपमा जानकारी बाँड्छन्।

उनका अनुसार अधिकांश समस्या मानिसकै कारण सिर्जना हुन्छन्। जंगल र झाडी नष्ट हुनु, प्राकृतिक वासस्थान मासिनु तथा अव्यवस्थित बस्ती विस्तार हुनुका कारण सर्पहरू मानव बस्ती नजिक आउन बाध्य भएका छन्।

“हामीले उनीहरूको घर नष्ट गरेका छौं,” उनी भन्छन्, “त्यसैले अहिले उनीहरू हाम्रो घरतिर आइरहेका छन्। दोष सधैं सर्पलाई मात्र दिन मिल्दैन।”

रमेशको यो यात्रामा परिवारको साथ सुरुदेखि नै सहज थिएन। जोखिमपूर्ण काम भएकाले परिवारका सदस्यहरू चिन्तित हुन्थे। उनीहरूले बारम्बार यस्तो काम छाड्न आग्रह पनि गरे। तर प्रकृतिप्रतिको प्रेम र समाजमा सकारात्मक सन्देश फैलाउने चाहनाले उनलाई रोक्न सकेन।

आज परिवारले पनि उनको कामको महत्त्व बुझ्न थालेको छ। समाजमा उनको पहिचान बनेको छ। कतिपयले उनलाई ‘सर्प उद्धारकर्ता’ भनेर चिन्छन्। समस्या पर्दा सबैभन्दा पहिले सम्झिने नाममध्ये उनी एक बनेका छन्।

तर यति ठूलो योगदानका बाबजुद उनले कुनै आर्थिक लाभ लिएका छैनन्। उद्धार कार्य पूर्ण रूपमा स्वयंसेवी छ। आफ्नै खर्च, समय र मेहनत लगाएर उनले यो अभियानलाई निरन्तरता दिइरहेका छन्।

“पैसा कमाइ भएको छैन,” उनी मुस्कुराउँदै भन्छन्, “तर मानिसहरूको विश्वास कमाएको छु। त्यही मेरो सबैभन्दा ठूलो सम्पत्ति हो।”

यद्यपि उनको मनमा एउटा पीडा भने बाँकी छ। समाजले सेवा गर्ने व्यक्तिको कामको प्रशंसा त गर्छ, तर उचित सम्मान र प्रोत्साहन दिन भने अझै कञ्जुस्याइँ गर्छ।

“हाम्रो ठाउँमा कला, क्षमता र योगदानको मूल्यांकन कम हुन्छ,” उनी भन्छन्, “यदि यस्ता कामलाई प्रोत्साहन मिल्यो भने धेरै युवाहरू संरक्षण र सामाजिक सेवामा आकर्षित हुन सक्छन्।”

अधिकांश मानिस सर्प देख्दा भाग्छन्, त्यहाँ रमेश भने सर्पलाई बचाउन दौडिरहेका छन्। यही कारण उनी  सर्प उद्धारकर्ता मात्र होइनन्, प्रकृति र मानवबीचको सम्बन्ध जोगाउने एक मौन अभियन्ता पनि हुन्।

 

Tags: समाचार

Discussion about this post

Related Posts

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

समुह चरणवाटै बाहिरिए विश्वकपका १६ टाेली, ७ टाेलीले जाेडेनन १ अंक पनि

समुह चरणवाटै बाहिरिए विश्वकपका १६ टाेली, ७ टाेलीले जाेडेनन १ अंक पनि

फुजमोरीको छोरी बनिन पेरूको पहिलो महिला राष्ट्रपति

फुजमोरीको छोरी बनिन पेरूको पहिलो महिला राष्ट्रपति

समुद्रमा उभिरहेका छन् ६ करोड ८० लाख ब्यारेल तेल बोकेका जहाज

समुद्रमा उभिरहेका छन् ६ करोड ८० लाख ब्यारेल तेल बोकेका जहाज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!