असार ६ गते। सरकारले महिलाको सुरक्षित, सहज र सम्मानजनक यात्रा सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी तीव्र पारेको छ। सरकारको १०० दिने कार्यसूची अन्तर्गत पहिलो चरणमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
यस योजना अन्तर्गत काठमाडौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा ७ वटा र उपत्यका बाहिर १८ वटा बस गुडाइनेछ। साझा यातायातले कार्यविधि, लागत अनुमान र सञ्चालन कार्ययोजनाको मस्यौदा मन्त्रालयमा पेस गरिसकेको छ। आगामी आर्थिक वर्षमा यस सेवालाई सातै प्रदेशमा विस्तार गर्न बजेटसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।
यसैगरी, सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा र अपराध नियन्त्रणका लागि सीसीटीभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ। हालसम्म साझा, महानगर र पाँचपोखरी सुनौलो यातायातका १६० वटा बसमा यी प्रविधि जडान भइसकेका छन्। यसको अनुगमन ट्राफिक प्रहरीले गर्ने व्यवस्था मिलाइएको छ।





















Discussion about this post