nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १५, २०८३, ५:४३ मध्यान्ह
मिडियाका लागि ३३ करोड रुपैयाँः श्रमजीवी पत्रकारको दुर्घटना बिमा निरन्तर

काठमाडौँ/जेठ १५ गते। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार तथा वित्तीय क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राख्दै नेपाललाई क्षेत्रीय प्रविधि हवका रूपमा विकास गर्ने रणनीतिक योजना अघि सारेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘स्वच्छ ऊर्जा बन्ड’ र ‘डायस्पोरा बन्ड’ जारी गरी जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको जानकारी दिनुभयो ।

उहाँले बजेटमा वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ का रूपमा परिचालन गरिने घोषणा गर्नुभयो । यस्तै, बजेटमार्फत कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्रीलगायत रणनीतिक महत्वका परियोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गर्ने योजना अगाडि सारिएको छ ।

विदेशी ऋण वा लगानीमा सञ्चालित योजनाको विनिमय जोखिम न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि हेजिङ सेवा उपलब्ध गराउने अर्थमन्त्री वाग्लेले घोषणा गर्नुभयो ।

नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट हटाउन विशेष पहल गरिने तथा सार्वभौम क्रेडिट रेटिङ सुधारका लागि अनुकूल आर्थिक वातावरण तयार पार्ने बजेटमा उल्लेख गरिएको छ । सार्वजनिक संस्थान सुधारअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा सरकारी पुँजी वृद्धि गरिनेछ भने नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी रणनीतिक साझेदारीको मोडेलमा लैजाने योजना बजेटमा घोषणा गरिएको छ । त्यस्तै, राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गरिने योजना बजेटमा छ ।

यस्तै, बजेटमार्फत नेपाल टेलिकममा ६६ प्रतिशत सरकारी सेयर कायम राख्दै बाँकी सेयर आगामी पुस मसान्तभित्र सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरिएको छ । त्यसरी प्राप्त भएको रकम नेपाललाई ‘टेक हब’ बनाउने कार्यमा खर्च गरिने छ । सूचना प्रविधि क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गरिने तथा नेपालमै बसेर विदेशी रोजगारदाताका लागि ‘रिमोट वर्क’ गर्न पाउने स्पष्ट कानुनी व्यवस्था गरिनेछ । सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधिसम्बन्धी सफ्टवेयर खरिद एकीकृत रूपमा एकै निकायमार्फत गरिने व्यवस्था गरिनेछ ।

डिजिटल सार्वजनिक पूर्वाधार विकासअन्तर्गत नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गरिने तथा नागरिक एपमा थप दर्जनौँ सरकारी सेवा आबद्ध गरिने सरकारको योजना छ ।

त्यस्तै, काठमाडौँमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने घोषणा बजेटमार्फत गरिएको छ । त्यस्तै, हजारौँ एआइ प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराइनेछ ।

एआई क्षेत्रमा अन्तरराष्ट्रिय ख्याति प्राप्त कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिपमार्फत नेपाल फर्काएर योगदान गर्न आमन्त्रण गरिने बजेटमा उल्लेख गरिएको छ । गणितलगायत एआइसँग सम्बन्धित विषयको शैक्षिक विकासलाई पनि उच्च प्राथमिकतामा राखिएको छ ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि