nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

माइती नेपालको सूचनाका आधारमा भारतको कोलकाताबाट तीन नेपाली महिला तथा नाबालिकाको उद्धार

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १५, २०८३, ११:०९ बिहान
माइती नेपालको सूचनाका आधारमा भारतको कोलकाताबाट तीन नेपाली महिला तथा नाबालिकाको उद्धार

जेठ १५ गते । माइती नेपालको सूचनाका आधारमा भारतको कोलकातास्थित रेड लाइट क्षेत्रमा यौन शोषणमा परेका तीन जना नेपाली महिला तथा नाबालिकाको सफल उद्धार गरिएको छ।

२४ मे २०२६ मा कोलकाता प्रहरीको एन्टी ह्युमन ट्राफिकिङ युनिट तथा बर्टोला प्रहरी स्टेशनद्वारा सञ्चालन गरिएको संयुक्त रेड अभियानमार्फत उनीहरूको उद्धार गरिएको माइती नेपालले जनाएको छ। उद्धार कार्यमा द्रुत कारबाही तथा प्रभावकारी समन्वय गरेको भन्दै माइती नेपालले कोलकाता प्रहरीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

उद्धार गरिएका महिला तथा बालिकाहरूको सुरक्षित स्वदेश फिर्ताका लागि माइती नेपालले नेपाल सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको जनाएको छ।

माइती नेपालका अनुसार यो उद्धार नुवाकोटको घ्याङफेदी क्षेत्रबाट कोलकातासम्म बालिका तथा युवतीहरूको निरन्तर भइरहेको बेचबिखनको प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानको परिणाम हो। उक्त अभियान माइती नेपालको अनुसन्धान तथा यसअघि उद्धार भई संरक्षणमा रहेका बालिका तथा युवतीहरूबाट प्राप्त सूचनाका आधारमा सञ्चालन गरिएको थियो।

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा शोभा तामाङ पक्राउ परेकी छन्। उनी यसअघि पनि मानव बेचबिखनकै मुद्दामा दुई वर्षको कारावास सजाय भोगिसकेको खुलेको छ।

माइती नेपालको अनुसन्धानले नुवाकोट क्षेत्रमा पारिवारिक सम्बन्धको दुरुपयोग गर्दै बालिकाहरूलाई फसाउने र ओसारपसार गर्ने सक्रिय सञ्जाल अझै कायम रहेको संकेत गरेको जनाएको छ। यसले पुनः शोषणको जोखिम तथा बालिका र युवतीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको उल्लेख गरिएको छ।

संस्थाका अनुसार शोभा तामाङ बाहेक पनि उक्त बेचबिखन सञ्जालमा अन्य धेरै व्यक्तिहरू संलग्न रहेको आशंका गरिएको छ। यस सम्बन्धमा जानकारी भए माइती नेपाललाई सूचना उपलब्ध गराउन समेत अनुरोध गरिएको छ।

उद्धार अभियानका क्रममा कोठी सञ्चालकहरूले माइती नेपालको उद्धार सुपरभाइजर तथा उद्धारमा खटिएका प्रहरी अधिकारीहरूमाथि शारीरिक आक्रमण गरेका थिए। उक्त घटनामा केही व्यक्ति घाइते भएको जनाइएको छ।

यस्ता चुनौतीका बाबजुद पनि प्रत्येक बालिका तथा महिलाले मर्यादा, सुरक्षा र आशासहितको जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्न माइती नेपाल रोकथाम, उद्धार, पुनःस्थापना तथा पैरवी कार्यमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि