nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ३०, २०८३, ६:२९ मध्यान्ह
मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल

काठमाडौँ/वैशाख ३० गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताएका छन् ।

बुधबार जनकपुरधाममा ‘साक्षर मधेस प्रदेश तयारीसम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल’ले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै उनले सीमित समयभित्र कार्यदलले गहन अध्ययन, तथ्यगत विश्लेषण तथा व्यावहारिक सुझावसहितको प्रतिवेदन तयार पारेकामा कार्यदललाई धन्यवाद दिए । प्रतिवेदनमा समेटिएका सुझाव, रणनीति तथा कार्ययोजनामाथि थप अध्ययन गरी सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

चालु आर्थिक वर्षभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने उद्देश्यसहित मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार सरकारका पूर्वसचिव डा रामस्वरुप सिन्हाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो ।

मन्त्री पोखरेलले मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानमा सङ्घीय सरकारको पूर्ण सहयोग र समन्वय रहने स्पष्ट पार्दै तीनै तहका सरकार, विद्यालय, शिक्षक, विद्यार्थी तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

विशेषगरी १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई द्रुत सिकाइ विधिमार्फत साक्षरतामा जोड्ने अभियानलाई परिणाममुखी ढङ्गले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले विगतमा साक्षरता शिक्षामा भएको लगानीको प्रतिफल÷नतिजाका विषयमा प्रश्न गर्दै नतिजामुखी कार्यक्रममा जोड दिइन् । उनले बाँकी रहेको दुई महिनामा तीन तहका सरकार, विद्यालयका शिक्षक र विद्यार्थी परिचालन गरी मधेस प्रदेशलाई साक्षर घोषणा गर्न सकिने विश्वास व्यक्त गरिन् ।

संसद्को महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा यादवले उच्चस्तरीय कार्यदललाई धन्यवाद दिँदै मधेस प्रदेशको समग्र शिक्षा प्रणालीमा सुधारको आवश्यकता औँल्याइन् ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य मनिष झाले नागरिकको साक्षर हुने मौलिक हकको प्रत्याभूतिका लागि इमान्दार र सचेत भएर काम गर्नुपर्ने उल्लेख गर्दै उच्चस्तरीय कार्यदलप्रति आभार व्यक्त गरे ।

कार्यदलका संयोजक सिन्हाले समग्र प्रतिवेदनमा उल्लिखित मूलभूत विषयवस्तु, मधेस प्रदेशको साक्षरताको अवस्था, निरक्षरताका मुख्य कारणहरू, देखिएका समस्या समाधानका लागि रणनीति र नवीन अभ्यासलगायत सिफारिस समेत प्रस्तुत गरेका थिए । उनले मधेस प्रदेशलाई आगामी असार तेस्रो साताभित्र साक्षर घोषणा गर्न सकिने कार्ययोजना प्रस्तुत गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले मधेस प्रदेशलाई साक्षर घोषणाका लागि प्रतिवेदनको सिफारिसबमोजिम कक्षा १०, ११ र १२ का विद्यार्थी परिचालन, विभिन्न निकायको भूमिका परिभाषित गर्ने र सम्बन्धित सरोकारवालालाई साक्षर घोषणासम्बन्धी अभिमुखीकरण गर्न सकिने उल्लेख गरे । रासस

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

सप्तरीमा महिला मृत अवस्थामा फेला

सप्तरीमा महिला मृत अवस्थामा फेला

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

राजर्षि जनक विश्वविद्यालय र रामजानकी रंगशालाको शिक्षा मन्त्री पोखरेलद्वारा अवलोकन

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेदेखि हुने

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

जनकपुरधाममा वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न

जनकपुरधाममा वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!