nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दिव्य विकास स्रोत केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न, पारदर्शिता र जवाफदेहिता रहेको सरोकारवालाको स्वीकारोक्ति

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १७, २०८२, ६:३१ मध्यान्ह
दिव्य विकास स्रोत केन्द्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

धनुषा/चैत १७ गते । बेलायत सरकारको आर्थिक सहयोग र पिपुल इन निडको प्राविधिक सहयोगमा दिव्य स्रोत विकास केन्द्र (DDRC) पर्साद्धारा सञ्चालित सुरक्षा र न्याय परियोजना अन्तर्गत सम्पन्न भएको क्रियाकलापहरुको सामाजिक परीक्षण जनकपुरधाममा सम्पन्न भएको छ ।

दिव्य विकास स्रोत केन्द्र (DDRC) का कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सामाजिक परिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले भने नागरिक संस्थाले समेत सामाजिक परिक्षण गर्ने गरेको यो पहिलो संस्था हो दिव्य विकास स्रोत केन्द्र । यस जिल्लामा धेरै संघसंस्थाहरु कम गरिरहेको छ तर यस प्रकारको सार्वजानिक रुपमा सामाजिक परिक्षण सरोकारवाला निकायहरु माँझ प्रस्तुत गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेको मण्डलले भने सुरक्षा र न्याय कार्यक्रमले समाजमा पारेको प्रभाव राम्रो रहेको र आफु पनि अनुगमनमा पटकपटक गएको वताउँदै यसले समाजमा भइरहेको लैङ्गिक हिंसाका घटनाहरुलाई न्यूनिकरण संगै प्रतिकार्य गर्नका लागि गरेको प्रयासहरु वास्तवमै प्रशंसा गर्ने खालको रहेको वताए । उनले भने यस सुरक्षा र न्याय कार्यक्रमले समाजमा फैलाएको जनचेतना र सरोकारवाला निकायलाई समेत क्षमता अभिबृद्धि गरेकोले अवका दिनमा स्थानीय सरकार र प्रदेश सरकारले यसलाई अपनत्व ग्रहण गरी अगारी संचालन गर्नुपर्ने सुझाव दिए । उनले भने समाजमा रहेको हानिकार अभ्यासहरुलाई चिर्नका लागि सचेतनामुलक क्रियाकलापहरुको समाजमा अझ आवश्यकता रहेको वताए ।

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख मनोज साहले भने दिव्य विकास स्रोत केन्द्रले सञ्चालन गरेको सुरक्षा र न्याय कार्यक्रम एकदमै प्रभावकारी र विश्वसनीय रहेको वताए । नगर प्रमुख साहले भने स्थानीय सरकारको दायित्व र जिम्मेवारीको कतिपय कामहरु इस संस्थाले गरेकोमा धन्यावाद दिए । उनले भने यस पालिका अन्तर्गत वालिका तथा समावेशी शिक्षा सञ्जालको कार्यविधि,लैङ्गिक निवारण कोष कार्यविधि र गुनासो सुनुवाई सयंन्त्रहरुलाई प्रभावकारी वनाउनका लागि गरेका पहलकदमीहरु एकदमै सराहनीय भएको वताए । विधालय स्तरमा संचालन गरेको सचेतना कार्यक्रमले विधालय तहमा हुनै लैङ्गिक हिंसाका घटनाहरुको उजुरी आउन थालेको समेत वताए । नगरका सवै माध्यमिक तहका विधालयमा वालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाई समिति गठन गर्नका लागि शिक्षा शाखाबाट पत्राचार समेत भइरहेको वताए ।

नगर प्रमुख साहले भने समाजलाई उकालो लगाउले कामको छाप छोडेको बताए। संस्थाले समाजिक र न्यायमा यो संस्थाले प्राथमिकता दिएर कम गरेको बताए । “जनताको विश्वास जित्न खुलापन र उत्तरदायित्व अनिवार्य छ,” उनले जोड दिए।
सुरक्षा र न्याय कार्यक्रमले पालिकासंग गरेको सहकार्य र समन्वय एकदमै प्रभावकारी रहेको समेत वताए । अगामी दिनमा समेत सहकार्य र समन्वय गर्ने र यस परियोजनाले सञ्चालन गरेको क्रियाकलाप पालिकाले अपनत्व लिई अगाडी वढाउने प्रतिवद्धता जाहेर गरे ।
सामाजिक परिक्षण कार्यक्रमको प्रस्तुति दिव्य विकास स्रोत केन्द्रका सुरक्षा र न्याय कार्यक्रमका परियोजना व्यवस्थापक गणेश वहादुर ठकुरीले गरेका थिए ।

व्यवस्थापक ठकुरीले सामाजिक परिक्षणका उद्देश्यबारे जानकारी दिँदै सरोकारवालाबीच समन्वय र सहकार्य विस्तार गर्ने, सेवा प्रदायक निकायलाई अझ जिम्मेवार बनाउने तथा आगामी दिनमा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा विद्यालय बाहिर रहेका किशोरकिशोरी, विद्यालयमा अध्ययनरत किशोरकिशोरी, साथै महिला तथा पुरुष सहभागीहरूलाई लक्षित समूहका रूपमा प्रस्तुत गरिएको थियो। विशेषगरी जोखिममा रहेका समूहहरूको सहभागिता र उनीहरूको समस्या समाधानमा ध्यान केन्द्रित गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पारदर्शिता, इमान्दारिता तथा जवाफदेहितालाई सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न गतिविधिहरूको सार्वजनिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालन गरिएका कामहरूको विवरण, बजेट तथा खर्चको अवस्था र प्राप्त उपलब्धिहरू प्रस्तुत गरिएको थियो।

प्रस्तुतीकरणका क्रममा सम्बन्धित निकायबीच समन्वय र सहकार्य अझ प्रभावकारी बनाउने, सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउने तथा नागरिकप्रति उत्तरदायी बनाउने विषयमा जोड दिइएको थियो। साथै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा पिपुल इन निड मधेश प्रदेशका परियोजना व्यवस्थापन सुनिल कुमार साहले भने सुरक्षा र न्याय कार्यक्रमले जनकपुरधाम उपमहानगरपालिकासंग पाएको सहयोग र सहकार्य सराहनीय रहेको भन्दै जनप्रतिनिधि,कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका थिए । यस कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि पालिकाले लिएका अग्रसरता प्रति हार्दिक आभार प्रकट समेत गरेका थिए । उनले भने मधेशमा व्याप्त रहेको सामाजिक हानिकारक अभ्यासहरु विरुद्ध सवै मिलेर प्रतिकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल रहेको थियो भने कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशका महाशाखा प्रमुख निर्मला मिश्र,शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका वालिका तथा समावेशी शिक्षा सञ्जालका प्रदेश फोकल पर्सन दिलिप मुखिया, जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह,जनकपुरधाम उपमहानगरपालिका वडा न.–९ का अध्यक्ष परमेश्वर साह,वडा न.–४ का अध्यक्ष सुरेश झा,वडा न.–१४ का अध्यक्ष पुण्य प्रताप यादव,वडा न.–२२ का अध्यक्ष विमलेश मिश्र लगायत स्थानीय सरोकारवाला निकाय, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक परीक्षणले सरकारी तथा गैरसरकारी कार्यक्रमहरूको पारदर्शिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल

प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २२ को शानदार जीत, वडा नं. २० प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. २० को शानदार जित, ७ विकेटले वडा नं. २२ पराजित

मधेस प्रदेशमा मानव अधिकारका घटनामा २ हजार ९४ जना पीडित

मधेस प्रदेशमा मानव अधिकारका घटनामा २ हजार ९४ जना पीडित

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १४ को शानदार जीत, वडा नं. २४ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १४ को शानदार जीत, वडा नं. २४ प्रतियोगिताबाट बाहिर

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १७ को दमदार जीत, वडा नं. ११ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. ६ को शानदार जीत, वडा नं. १६ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १७ को दमदार जीत, वडा नं. ११ प्रतियोगिताबाट बाहिर

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. १७ को दमदार जीत, वडा नं. ११ प्रतियोगिताबाट बाहिर

नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!