धनुषा/चैत १६ गते। जनकपुरधाममा जारी वडा स्तरीय यूरो पेन्टस वडा कप २०८२ क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा वडा नं. ६ ले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै वडा नं. १६ लाई ४८ रनले पराजित गरेको छ। यस हारसँगै वडा नं. १६ प्रतियोगिताबाट बाहिरिएको छ भने वार्ड नं. ६ ले अर्को चरणमा स्थान सुरक्षित गरेको छ।
पहिले ब्याटिङ गरेको वडा नं. ६ ले राम्रो सुरुआत गर्न नसक्दा नियमित अन्तरालमा विकेट गुमाउँदै १८.२ ओभरमा ९४ रनमै अलआउट भयो। टोलीका लागि समेरले ३४ रन बनाउँदै सर्वाधिक योगदान दिए भने अजिबुलले ११ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
वडा नं. १६ का बलर बजरंगीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ५ विकेट लिएर विपक्षीलाई सानो स्कोरमा सीमित राख्न महत्वपूर्ण भूमिका खेले। साथै राजा, अलीहसन मोनु र गोविन्दले समान १–१ विकेट लिए।
९५ रनको लक्ष्य पछ्याएको वडा नं. १६ भने सुरुआतदेखि नै दबाबमा देखियो। वडा नं. ६ का बलरहरूको कसिलो आक्रमणका कारण कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् र पूरा टोली १२.१ ओभरमा मात्र ४६ रनमै समेटियो।
वडा नं. ६ का मोहम्मद फहदले घातक बलिङ गर्दै ३.१ ओभरमा मात्र ६ रन खर्चेर ५ विकेट लिए। उनले विपक्षी टोलीको शीर्ष क्रम ध्वस्त पार्दै खेललाई एकतर्फी बनाए। त्यस्तै सादिकले ४ विकेट तथा मुन्नाले १ विकेट लिए।
उत्कृष्ट प्रदर्शनका लागि मोहम्मद फहद “म्यान अफ द म्याच” घोषित भए। उनलाई जनकपुरधाम उद्योग बाणिज्य संघका सदस्य नीरज कुमार साहले ट्रफी प्रदान गरे ।
यस हारसँगै वडा नं. १६ प्रतियोगिताबाट बाहिरिएको छ भने वडा नं. ६ प्रतियोगितामा मजबुत रूपमा अघि बढ्दै अगिल्लो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका छन् । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नक आउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्ड अनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।














Discussion about this post