nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १८, २०८२, ११:५४ बिहान
मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

धनुषा/फागुन १८ गते । मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा पुनः आज जनकपुरधाम फर्किएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ । परिक्रमाको समापन जनकपुरधाम फेरी फर्केर अन्तगृह परिक्रमा गर्दै सम्पन्न हुने गर्छ । अन्तगृह परिक्रमाका लागि श्रद्धालुहरु आज जनकपुरधाम आइपुग्नेछन् भने भोली पल्ट अन्तगृह पञ्चकोशी परिक्रमा गर्नेछन् ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दूरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।

परिक्रमाको प्रारम्भ

परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइदैन यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थहरुमा उल्लेख पाइन्छ । आफ्नो अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास रहेको छ । मन्दिरहरु देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरुपको रुपमा लिइन्छ ।

परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी कुटी बिच मुद्दा मामिला समेत चलेको थियो । तर वि.सं. १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनायो ।
हुनत मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ । मिथिला महात्म १८औँ शताब्दिमा लेखिएको मानिन्छ । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८औँ शताब्दिभन्दा पहिले नै शुरु भएको हुन सक्ने अनुमान गरिन्छ ।
विश्राम स्थलको आ–आफ्नै महत्व नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राका लागि नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे चर्चा गरिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ ।

नेपालको १०७ एवम् भारतको २६ गरी १३३ किमी भूमिमा परिक्रमा(पैदलयात्र) गर्ने परम्परा छ ।
यस परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैद्यनाथ धामका साधुहरुको उल्लेख्य रुपमा सहभागिता हुन्छ । विगतमा भएका पाप नास भएर मनोकामना पूरा हुने धार्मिक मान्यता अनुसार परिक्रमाका यात्रुहरु भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक÷एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् र पूर्णिमाको दिन जनकपुरधामको अन्तगृह परिक्रमा गरी होली खेलेर १५ दिवसीय यात्रा सम्पन्न हुन्छ ।
फागुन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने यो धार्मिक यात्रा सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शनगरे बराबरको फल प्राप्ति हुने विश्वास सहहागी यात्रुमा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा निर्माण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको हो ।

कलना : परिक्रमाको पहिलो बिसौनी भारतको बिहार राज्य स्थित कलना रहेको छ । कलनामा रहेको कलाणेश्वर महादेवको मन्दिर रहेको छ । परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको पूजा अराधना गर्ने गर्छन ।

गिरिजास्थान : कल्याणेश्वर महादेवको पूजा अराधना गरी परिक्रमामा सहभागीहरु गिरिजास्थानका लागि प्रस्थान गर्छन । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी माता गिरिजाको पूजाअर्चना गर्ने गरेको विश्वास गरिन्छ । माता जानकी र भगवान रामको पहिलो भेट यही स्थानमा भएको जनविश्वास रहेको पाइन्छ ।

मटिहानी : गिरिजास्थानबाट परिक्रमाका सहभागीहरु फेरी नेपालकै महोत्तरीस्थित मटिहानीका लागि प्रस्थान गर्छन । मटिहानी जानकी माताको विवाहमा मटकोर भएको धार्मिक ग्रन्थहरुमा उल्लेख पाइन्छ । अहिले पनि विवाहपञ्चमीको समयमा रामजानकीको विवाहका लागि यही मटकोर विधि सम्पन्न हुन्छ ।

जलेश्वर : मटिहानीबाट परिक्रमाको डोला महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने गर्छ । यहाँ भगवान् शङ्कर जलमै निवास गरेको हुनाले यो स्थानको परिक्रमामा बेग्लै महत्व रहेको छ । त्यसैले पनि यो महादेवको नाम नै जलेश्वरनाथ महादेव पर्न गएको हो ।

मडै : फागुन पञ्चमी तिथिमा जलेश्वरबाट महोत्तरीको मडै भन्ने स्थानमा परिक्रमाको डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बास स्थान रहेको जनविश्वास रहेको छ ।

ध्रुवकुण्ड : मडैबाट षष्ठी तिथिका दिन परिक्रमाको डोला ध्रुवकुण्डका लागि प्रस्थान गर्छ । ध्रुवले यही स्थानमा कठोर तपस्या गरेको हुनाले यो स्थानकै नाम ध्रुवकुण्ड पर्न गएको हो ।

कञ्चनवन : सप्तमी तिथिमा ध्रुवकुण्ड बाट परिक्रमाको डोला कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए । यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन ।

पर्वता : अष्टमी तिथिमा कञ्चनवनमा होली खेलेर परिक्रमामा सहभागी श्रद्धालुहरु पर्वताका लागि प्रस्थान गर्छन । यो स्थानमा पाँच पर्वतको संगमस्थल रहेको छ । त्यसैले यो स्थलकै नाम पर्वता पर्न गएको हो ।

धनुषाधाम : परिक्रमामा धनुषाधामको विशेष महत्व रहेको पाइन्छ । मिथिलाका राजा जनकले आफ्नो छोरी सीताका लागि आयोजना गरेको स्वयम्वरको क्रममा भगवान रामले शिवजीको धनुष भाँच्दा ३ टुक्रा भएको धर्म ग्रन्थहरुमा उल्लेख पाइन्छ । जसमध्ये एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा धरतीमा झरेको थियो । धरतीमा झरेको धनुषको टुक्रा यही स्थानमा झरेको जनविश्वास रहेको छ । त्यसैले स्थानको नाम धनुषाधाम पर्न गयो । नवमी तिथिका दिन परिक्रमामा सहभागीहरु यही स्थानमा विश्राम गर्छन ।

सतोषर : दशमी तिथिका दिन परिक्रमा धनुषाधामबाट सतोषरका लागि प्रस्थान गर्छन । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण यसको पनि विशेष महत्व रहेको छ । त्यसपछि परिक्रमा औरही, करूणा हुँदै पुनः कल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गर्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गर्ने गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गर्छ । त्यसको भोलीपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्त गृह परिक्रमा गरी मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन्छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

विकास र सुशासनको एजेन्डासहित धनुषा–३ मा मनिष झा घरदैलो अभियानमा

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

निर्वाचनक कारण जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!