धनुषा/फागुन १६ गते। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा तीन दिनका लागि बन्द हुने भएको छ।
नेपाल रेलवे कम्पनी लिमिटेडले शुक्रबार जारी गरेको सूचना अनुसार फागुन २१ गते हुने निर्वाचननलाई ध्यानमा राखी फागुन १९ गतेदेखि २१ गतेसम्म रेल सेवा पूर्ण रूपमा स्थगित गरिनेछ।
कम्पनीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको बताएको छ। मतदान सम्पन्न भएसँगै सेवा पुनः सञ्चालनमा ल्याइने नेपाल रेलवे कम्पनी प्रशासनले बताएको छ।















Discussion about this post