धनुषा/फागुन २ गते । नेकपा एमालेको धनुषा जिल्ला अन्तर्गत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उमाशंकर अरगरियाले औरही गाउँपालिका वडा नं. १ देखि ६ सम्म घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
शनिबार सम्पन्न कार्यक्रमअन्तर्गत उनले वडा नं. १ का झिटकहिया, पुरनदैहिया र पौडेश्वरलगायत विभिन्न टोलमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । सो अवसरमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । मतदातासँग आत्मीय भेटघाट गर्दै अरगरियाले विगतमा आफूले क्षेत्रको विकासका लागि गरेका कामहरूको स्मरण गराउँदै बाँकी रहेका अधुरा योजनाहरूलाई पूर्णता दिने अठोट व्यक्त गरे ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले समेत आफ्ना समस्या तथा सुझावहरू राखेका थिए भने उम्मेदवार अरगरियाले ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।













Discussion about this post