nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १९, २०८२, ६:४१ मध्यान्ह
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन आज जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । उनले राजनीतिक मुद्दालाई निष्कर्षमा पु¥याएपश्चात् नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

“नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ, हामी उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँ,” राष्ट्रपति पौडेलले भने ।

आजको यो कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँ स्तरमा पु¥याउन र आगामी वर्षमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यका लागि मार्ग प्रशस्त गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन जनता–जनताबीचको सम्पर्कलाई समेटेको तथा यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत थप सुदृढ हुँदै गएको उनको भनाइ थियो ।

“नेपाल र जापानबीच विशेषगरी भगवान् बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवनपद्धतिमा समानता छ, बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल तथा जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ, विश्व शान्तिको मुहान्का रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौँ,” राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताए । यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धि हुने उनले उल्लेख गरे ।

“त्यसैले, हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौँ,” राष्ट्रपति पौडेलले भने ।

नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकामा उनले प्रसन्नता व्यक्त गरे । “साहसिक पर्यटन, समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानीले हाम्रो देशको भ्रमण गरिरहेका छन्, नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भने ।

जापान नेपाली युवा र विद्यार्थीको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकामा जापानप्रति उनले आभार व्यक्त गरे ।

“हाम्रा दुई मुलुकले सौहाद्र्रपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात् गरेका छौँ, सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ”, राष्ट्रपति पौडेलले भने ।

सो अवसरमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

स्थानीय तहको निर्णय प्रक्रियामा दलित तथा सीमान्तकृत महिलाको अर्थपूर्ण सहभागितामा जोड

स्थानीय तहको निर्णय प्रक्रियामा दलित तथा सीमान्तकृत महिलाको अर्थपूर्ण सहभागितामा जोड

मन्दिर निर्माणमा जातीय विभेद गरेको दलित समुदायको आरोप, निष्पक्ष छानबिनको माग

मन्दिर निर्माणमा जातीय विभेद गरेको दलित समुदायको आरोप, निष्पक्ष छानबिनको माग

रसुवा बाढीमा परेर मृत्यू भएका कर्णाली वासीले बीमा वापत दुई लाख पाउने

रसुवा बाढीमा परेर मृत्यू भएका कर्णाली वासीले बीमा वापत दुई लाख पाउने

रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै झुन्डिएको अवस्थामा मृत फेला

रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै झुन्डिएको अवस्थामा मृत फेला

बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

ईनिशा विक हत्या प्रकरण : तीन बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

ईनिशा विक हत्या प्रकरण : तीन बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

मधेश सरकारले बाढीमा ज्यान गुमाएका लाई एक लाखका दरले राहत दिने

मधेश सरकारले बाढीमा ज्यान गुमाएका लाई एक लाखका दरले राहत दिने

११ वर्षीय बालकको हत्या आरोपमा एक पक्राउ

११ वर्षीय बालकको हत्या आरोपमा एक पक्राउ

बाढी प्रभावितका लागि ज्योति विकास बैंकको एक करोड सहयोग

बाढी प्रभावितका लागि ज्योति विकास बैंकको एक करोड सहयोग

संसद् बैठक आज: भोटेकोसी बाढी पीडितको विषयमा विशेष प्रस्ताव प्रस्तुत हुँदै

संसद् बैठक आज: भोटेकोसी बाढी पीडितको विषयमा विशेष प्रस्ताव प्रस्तुत हुँदै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि