nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैन : मिराज ढुंगाना

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ६, २०८२, ५:५७ मध्यान्ह
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैन : मिराज ढुंगाना

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उहाँले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउनुभयो । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उहाँको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उहाँले बताउनुभयो ।

उहाँले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्नभयो । उहाँले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताउनुभयो ।

राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उहाँको भनाई छ । उहाँले सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाउनुभयो । उहाँले सुशासन जेन–जी आन्दोलनको मुख्य माग भएपनि भ्रष्टाचारको फाईल खोल्न नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले नै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, यो आन्दोलन निर्वाचनको लागि मात्रै थिएन । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि थियो । यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउँछ की रु निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि नमानियोस् । आज बंगलादेशको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल छ, जहाँ एउटा व्यक्तिलाई मारेर चोकैमा झुन्डाएर जलाईदिएको छ ।

यदी नेपालमा पनि समस्याको सही र समयमा समाधान भएन भने देश अराजकताको दिशातर्फ धकेलिने खतरा स्पष्ट छ । आज राज्य भएको अनुभुति छैन । भरोसा छैन, सुरक्षा छैन, अपन्वत्व छैन । असुरक्षा बढ्दो छ, त्यसैले आजको आवश्यकत्ता यस्तो राजनितिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ । न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस् । यही माग आन्दोलनको सार हो । सर्वपक्षिय सरकार आजको आवश्यक्ता हो । हामीले १०० दिन देख्यौ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन ।’

उहाँले सोमवार माईतीघरबाट आन्दोलन थाल्ने पनि जानकारी दिनुभयो । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमा संलग्नलाई धरपकट गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले रोजगारी सिर्जना गर्न जेन–जी आन्दोलन भएको भएपनि वर्तमान सरकार जेन–जीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाउनु भयो ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि