nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसी समुदायको सूचीकृत थर आएन कार्यान्वयनमा

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २६, २०८२, ९:५६ मध्यान्ह
मधेसी समुदायको सूचीकृत थर आएन कार्यान्वयनमा

मङ्सिर २६ गते। मधेसी आयोगले नेपालमा मधेसी सुमदायको थर सूचीकरण गरेपनि सरकारले हालसम्म कार्यान्वयमा ल्याएको छैन । आयोगले नेपालमा मधेसी समुदायको थरबारे अध्ययन गरी २०७९ सालमै प्रतिवेदन बुझाएको थियो । मधेसी समुदायको थर सूचीकरणबारे मन्त्रिपरिषद्ले पास गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउँछ ।

जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री समेत रहेका सामान्य प्रशासन मन्त्री रामेश्वर खनाललाई सूचीकरणबारे जानकारी गराएको आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले बताए । ‘सरकारलाई सूची बुझाएदेखि नै पटक-पटक ताकेता गर्दै आएका छौं, तर अहिलेसम्म कुनै जवाफ दिएको छैन,’ उनले भने, ‘सुरुमा अन्य केही डकुमेन्ट माग गरेको थियो, हामी त्यो बुझायौं । त्यसपछि के भयो अहिलेसम्म जानकारी दिएको छैन ।’

मधेसी आयोगले नेपालमा १५१ वटा मधेसी समुदायका थर सूचीकृत गरेको छ । जबकि राष्ट्रिय तथ्यांक विभागले ९२ वटा थर मात्र रहेको उल्लेख गरेको छ । सरकारले राखेको सूचीमा ५९ वटा थर समावेश नरहेको आयोगको भनाइ छ । सरकारको सूचीमा रहेका थारु र मस्लिम समुदाय मधेसी समुदायको थर सूचीकरणमा छैन ।

थारु र मुस्लिमले आफूलाई मधेसी नमानेका कारण मधेसीको थरमा त्यसलाई समावेश नगरिएको आयोगले जनाएको छ । आयोगका एक सदस्य अनुसार राष्ट्रिय तथ्यांक विभागको तथ्यांक र आयोगको तथ्यांक फरक परेका कारण सरकारले मधेसीको थर सूचीकरणलाई कार्यान्वयनमा ल्याएको छैन । सरकारको तथ्यांकमा ९२ वटा मात्र जात थर छन्, तर आयोगले १५१ वटा देखाएपछि विवाद हुने डरले त्यसलाई कार्यान्वयनमा नल्याएको हुनसक्ने आयोगले आशंका गरेको छ । अध्यक्ष साहले भने, ‘यदि त्यस्तो हो भने हामी सूचीकरण गरेका सबै थरको प्रमाण दिनसक्छौं ।‘

मधेसी समुदायका थर सूचीकृत नहुँदा आरक्षण तथा समावेशीका लागि समस्या भइरहेको आयोगले जनाएको छ । नेपालमा यस्ता धेरै मधेसी छन्, जो पहिचान नभएका कारण आरक्षण तथा समावेशी कोटाबाट वञ्चित हुने गरेको आयोगले जनाएको छ । मधेसी समुदायको स्पष्ट पहिचान र थर सूचीकृत हुन नसक्दा मधेसी समुदायका व्यक्तिले राज्यले मधेसी समुदायलाई भनेर दिएको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको आयोगले जनाएको छ । सरकारले सूचीकरणलाई कार्यान्वयनमा ल्याइदियो भने मधेसी पहिचान गर्न सजिलो हुने विश्वास आयोगले लिएको छ ।

२०६८ सालको जनगणनामा मधेसी समुदाय अन्तर्गत पर्ने केही जातिको नाम नै उल्लेख नभएको आयोगको दाबी छ । २०७८ को जनगणनामा ९२ जातिको सूची उल्लेख छ ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

१६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

१६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि