जनकपुरधाम/मङ्सिर १७ गते। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित सात जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।
मुद्दामा महानिर्देशक अधिकारीसँगै निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी तथा एक इन्जिनियरिङ कम्पनीलाई समेत प्रतिवादी बनाइएको आयोगले बताए ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीबाट १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ ।
यो मुद्दा भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसँग सम्बन्धित रहेको र सो प्रकरणमा देखिएको अनियमितताका आधारमा अख्तियारले कारबाही अघि बढाएको बताइएको छ ।














Discussion about this post