nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुकुम्बासीबस्तीमा बालेनको डोजर आतंकबिरुद्ध उभिए प्रभु साह

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १७, २०८२, ४:२६ मध्यान्ह
सुकुम्बासीबस्तीमा बालेनको डोजर आतंकबिरुद्ध उभिए प्रभु साह

काठमाडौं/कार्तिक १७ गते । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा खाली गर्न र नगरे डोजर लगाएर हटाउने सात दिने सूचना जारी गरेपछि त्रसित काठमाडौंका सुकुम्बासीहरुलाई आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले साथ दिने भएका छन् ।

काठमाडौंका मेयर बालेन शाहले सुकुम्बासीलाई डोजर लगाएर पनि हटाउने चेतावनी दिइरहेको बेला आजपा अध्यक्ष प्रभु साह सुकुम्बासीको पक्षमा खुलेर फेरी बालेनको डोजर आतंक आफूहरुलाई स्वीकार्य नभएको र कानून विपरित महानगरबाट हुने जस्तोसुकै कार्यको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

‘काठमाडौं महानगरद्धारा सुकुम्बासी बस्ती बिरुद्ध भइरहेको षडयन्त्र रोक्न’ आजपा निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले आज (सोमबार) काठमाडौंको कोटेश्वरमा आयोजना गरेको पूर्वतयारी एवं खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुकुम्बासीलाई हटाउने हैन बसोबास गरिरहेकै क्षेत्रमा व्यवस्थित रुपमा पक्की घर निर्माण गरेर दिनुपर्ने बताए ।

‘सुकुम्बासीलाई हटाउने होईन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाएर सरकारले दिनुपर्छ । संविधान, कानूनले सबै नेपालीको बस्ने, खाने, रोजगारी गर्ने अधिकार दिएको छ । यदी कानून विपरित काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर आतंक मचाएर उपद्रो मचाउन खोजे त्यो आफूहरुलाई कुनै हालतमा स्वीकार्य हुदैन,’ आजपा अध्यक्ष साहले भने, ‘गरिब हटाउने होइन, गरिबी हटाउने सदबुद्धी मेयर बालेनलाई आओस । सुकुम्बासीलाई आतंकित बनाउने कार्य बन्द गर्नुस् । त्यो हामीलाई कुनै हालतमा पनि स्वीकार्य छैन् ।’

संविधान, कानूनले सबै नेपाली नागरिकलाई जग्गा दिन, घर दिन भनेको उल्लेख गर्दै आजपा अध्यक्ष साहले काठमाडौंका ललिता निवास लगायतका जग्गा भूमाफियाले कब्जा गर्न सक्ने तर बालेनले सुकुम्बासीलाई घर बनाएर दिन नसक्ने हो भने रौतहटको मौलापुरका मेयर रिना साहले कसरी दलितलाई पक्की घर बनाएर दिएको छ त्यसबाट सिकेर काम गर्न सुझाव दिए ।

‘शासकको राम्रो नियत भयो भने काठमाडौंको सुकुम्बासी समस्या एक महिनाभित्रमा समाधान हुनसक्छ । नपत्याए तपाईहरुले मौलापुरमा कसरी दलितलाई पक्की भवन निर्माण गरेर व्यवस्थित बस्ती दिइएको छ त्यसबाट सिकेर काम गर्नुस । शासकहरुको कुकर्मले कोही सुकुम्बासी भए भने कोही हुकुम्बासी र जमिन्दार भएका छन् । यस्तो हर्कत सुधार नभए हामी जस्तो सुकै प्रतिकार गर्नका लागि तयार छौं,’ आजपा अध्यक्ष साहले चेतावनीको शैलीमा भने ।

सुशीला कार्की नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान गर्छ की भन्ने बिश्वास रहेको भएको तर यो सरकारले पनि भूमी आयोग नै खारेज गरेर तमासा गरिररहेको टिप्पणी उनले गरे ।

‘बालेन मात्रै होइन, काठमाडौं महानगरपालिकामा उपमेयर, वडा अध्यक्ष, सदस्यहरु पनि छन जसलाई तपाईहरुले भोट दिनुभएको छ । तिनिहरु पनि किन मौन बसेका ? किन नबोलेका ? यो बालेनदेखी, कांग्रेस, एमालेबाट बिजयी भएका सबैले मौनता किन साधेको ? हामी कांग्रेस, एमालेको धारणा के हो जान्न चाहन्छौं ?’ प्रश्न गर्दै उनले भने ।

सुकुम्बासी, कबाड व्यवसायी, फुटपाथ व्यवसायीले अब मिलेर बालेनको हर्कतका बिरुद्धमा एकजुट भई प्रतिकारमा उत्रिन समेत आजपा अध्यक्ष साहले आह्वान गरेका छन् । संविधान, कानून अनुसार देश बनाउने, जनतालाई सेवा, सुविधा दिन अगाडी आउन बालेनलाई सुझाव दिदै आजपा अध्यक्ष साहले कानून विपरित महानगरको हर्कतका बिरुद्धमा जस्तो सुकै प्रतिकार गर्न आफूहरु तयारी अवस्थामा रहेको चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आजपा सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापा मगरले अब मुलुकको विकास ‘प्रभु साहको मौलापुर विकास मोडेल’ अनुसार गर्न आवश्यक भएको बताए । मौलापुरमा प्रभु साहले गरेको विकास एवं शुन्य कर नीति अनुसार मुलुकलाई अगाडी बढाउन पार्टीले सरकार प्रमुखको रुपमा प्रभु साहलाई आगामी प्रधानमन्त्रीको रुपमा अगाडी बढाउने उदघोष समेत उनले गरे ।

आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकको अध्यक्षतामा भएको सो कार्यक्रममा आजपा प्रवक्ता चन्द्रभुषण साह, सचिवालय सदस्य सुभाष साह, कबाड व्यवसायी संघर्ष समितिका रामकेवल गुप्ता, सुकुम्बासी संघका नेताहरु अमर लिम्बु, मानसिंह गजेल, महेन्द्र खड्का, शान्ता थापामगर, अर्जुन कुमार, सुजन पराजुली, हरि सुवेदी, नरबहादुर बराइली लगायतकाले सुकुम्बासी आन्दोलनमा समर्थन गर्दै कानून विपरित हुने कार्यको विरोधमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोही कार्यक्रमका बीचमा समाजसेवी एवं सामाजिक अभियन्ता महेन्द्र खड्काले आजपामा प्रवेश गरेका छन् । खड्कालाई आजपा अध्यक्ष साहले टिका, माला, अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!