काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले उद्योगको लाइन अविलम्व जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबीचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनारले बताए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योहरुको विद्युत लाइन काटिँदा हजारौं युवाहरू बेरोजगार हुने स्थिति भएको भन्दै समस्याको तत्काल समाधान गर्न आग्रह गरिएको बताए ।
उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई दिने अनुदानको सम्बन्धमा हाम्रो गहिरो सरोकार रह्यो । अर्थमन्त्रीज्यले प्रदेशलाई दिने भनिएको कुनैपनि अनुदान सरकारले कटौति नगरेको स्पष्टिकरण दिनुभयो । प्रदेश सरकारहरू प्रभावकारी तरिकाले काम गरुन् भन्ने आफ्नो चाहाना रहेको उहाँले भन्नुभयो । यो डेडिकेटेड लाइनको नाममा विभिन्न उद्योगहरूको लाइन काटेर जुन बन्द गरिएको छ त्यस विषयमा पनि हाम्रो गहिरो चासो रह्यो । उद्योगको विद्युत लाइन काटिँदा हजारौं युवाहरू बेरोजगार हुने स्थिति छ । त्यसैले अविलम्ब त्यो समस्या समाधान गरियोस् भन्ने हामीले कुरा राख्यौं ।’
उनले संघीय सरकारले प्रदेश सरकारलाई दिने गरिएको अनुदान नकाटिएको जवाफ अर्थमन्त्रीबाट पाएको समेत बताए ।














Discussion about this post