nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसको धार्मिक पर्यटन प्रबर्धनका लागि संयोजक ठाकुरले बुझाए भारतीय रक्षा मन्त्रीलाई ज्ञापनपत्र

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २९, २०८२, १०:२५ मध्यान्ह
मधेसको धार्मिक पर्यटन प्रबर्धनका लागि संयोजक ठाकुरले बुझाए भारतीय रक्षा मन्त्रीलाई ज्ञापनपत्र

नयाँदिल्ली/साउन २९ । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार नयाँदिल्लीस्थित मन्त्रालयमा मन्त्री सिंहलाई भेटेर १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा कांग्रेस नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह पनि उपस्थित थिए । मधेश प्रदेशका धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरुलाई भारतसँग जोड्ने र तिनीहरुको प्रचार-प्रसारका लागि ज्ञापनपत्र बुझाइएको संयोजक ठाकुरले बताए ।

‘भारतसँग सीमा जोडिएको मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवं धार्मिक पर्यटन स्थलहरुको विकास एवं प्रवर्द्धनमा सहयोगको आशा राखेर ज्ञापनपत्र बुझाएको छु,’ उनले भने । जवाफमा भारतीय रक्षामन्त्री सिंहले नेपाल भारतको ऐतिहासिक र धार्मिक सम्बन्धलाई अहिलेको समयअनुसार अगाडि बढाउनुपर्ने अवश्यकता रहेको बताए ।

उनले नेपाल र भारतका श्रद्धालुलाई दुख नदिइ विशेष व्यवहार गर्नुपर्नेमा पनि जोड दिए । ‘मधेश प्रदेशको पर्यटन वर्षको लागि भारतले प्रधानमन्त्रीजीको आसन्न भ्रमणमा एजेण्डा बनाउनेगरी पहल गर्छु । धार्मिक तथा पर्यटन आदानप्रदानका लागि चाँडै नै सकारात्मक पहल गर्छु । केही न केही नतिजा दिन्छ,’ उनले भने ।  ज्ञापन पत्रमा मधेश प्रदेशका नागरिक ऐतिहासिक, सांस्कृतिक, भाषिक एवं पारिवारिक रूपमा भारतसँग जोडिएको र यो क्षेत्र विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन स्थलहरुले परिपूर्ण रहेको उल्लेख छ ।

धनुषाको जनकपुरधाम (सीताको जन्मभूमि), धनुषाधाम, बाराको महागढ़ीमाई मेला स्थल, पर्साका देवधाम, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेव, बर्दिवासस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिर, सर्लाहीको कविलासी नगरपालिकास्थित श्री चमेली माई मन्दिर, फरहदवास्थित रजवा महादेव मन्दिर, बलराको शितलीमाई मन्दिर, चन्द्रनगरस्थित नाढीमन ताल, बाग्मतीस्थित नुनथर पहाड, सप्तरीको राजविराजस्थित छिन्नमस्ता भगवती मन्दिर, हनुमाननगरस्थित श्री कंकालनी माता मन्दिर, रौटहटको मत्सरीस्थित श्री दुर्गा भगवती मन्दिर, शिवनगरस्थित शिवमन्दिर, सिरहाको सहलेश फुलवारी, लहानस्थित बाबा हरिहरनाथ मन्दिरलगायत अन्य धार्मिक एवम् पर्यटकीयस्थल नेपाल र भारतको साझा सांस्कृतिक धरोहरको प्रतीकको रुपमा रहेको र लाखौ श्रद्धालुको आस्थासँग जोडिएको भन्दै यी सबै धार्मिक स्थलहरुलाई भारतको प्रमुख धार्मिक पर्यटन मार्गसँग जोड्न माग गरिएको छ । ‘यो अति आवश्यक छ । यसले नेपाल-भारतको धार्मिक पर्यटनलाई नयाँ गति मिल्ने र यी स्थलहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचार-प्रसार हुनेछ । साथै दुबै देशका सांस्कृतिक सम्बन्ध अझै प्रगाढ हुनेछ । स्थानीय अर्थव्यवस्थालाई पनि बढावा मिल्नेछ,’ ज्ञापनपत्रमा भनिएको छ । यसमा यथाशिघ्र पहल गरेर कदम चालिदिन ज्ञापनपत्रमा अनुरोध गरिएको छ । ‘जसले दुई देशको सम्बन्ध अझै सशक्त बन्नेछ भने मधेश प्रदेशले पनि एक वैश्विक धार्मिक पर्यटन स्थलको रूपमा पहिचान प्राप्त गर्न सकोस्,’ ज्ञापनपत्रमा भनिएको छ ।

मधेश प्रदेश सरकारले राखेका १० बुँदे माग

नेपाल सरकार र भारत सरकारले आपसमा समन्वय स्थापित गरेर ‘रामायण सर्किट’ अन्तर्गत जनकपुरधामलाई विशेष रूपमा शामिल गरियोस् । भारत सरकारद्वारा जनकपुर–अयोध्या धार्मिक पर्यटन करिडोरलाई अझै सशक्त बनाइयोस् । भारतमा मधेश प्रदेशसम्मका धार्मिक स्थलहरुको लागि विशेष पर्यटक बस सेवा/रेल सेवा शुरू गरियोस् । मधेश प्रदेशमा भारतीय लगानी एवं प्राविधिक सहयोगद्वारा पर्यटन पूर्वाधारको विकास होस् । जनकपुरधाम – अयोध्याको सीधा नियमित हवाई उडान प्रारम्भ गरियोस् । भारतको पर्यटन नीतिमा मधेशका प्रमुख धार्मिक स्थलहरुलाई बोर्डर टूरिज्मअन्तर्गत समावेश गरियोस् । यी स्थलहरुको प्रचार-प्रसारका लागि संयुक्त सांस्कृतिक पर्यटन अभियान चलाइयोस् । भारतीय पर्यटन मन्त्रालयद्वारा मधेशका प्रमुख धार्मिक स्थलहरुलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन मानचित्रमा स्थान दिलाउनमा सहयोग गरियोस् । श्री रामजन्मभूमि आयोध्या र बाबा विश्वनाथको नगर वाराणसीमा डिजिटल बोर्ड राखियोस् । जहाँ मधेशका धार्मिकस्थलका बारेमा विस्तृत जानकारी उल्लेख गरियोस् । ‘सीता विना राम अधुरो, यसकारण पहिला अयोध्या त्यसपछि जनकपुरधाम’को नाराको साथ आयोध्यामा जनकपुरधामको प्रचार गरियोस् ।

 

Tags: अन्तरास्ट्रियमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!