nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा जिल्ला स्तरीय प्रथम वडा कप कराँते प्रतियोगिता सुरु

गिरिजानन्द साह गिरिजानन्द साह
असार १३, २०८२, १०:१४ मध्यान्ह
जनकपुरधाममा जिल्ला स्तरीय प्रथम वडा कप कराँते प्रतियोगिता सुरु

गिरिजानन्द साह/जनकपुरधाम/असार १२ गते। जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ को आयोजनामा जिल्ला स्तरीय प्रथम वडा कप कराँते प्रतियोगिता २०८२ सुरु भएको छ। नेपाल सोतोकान कराँते संघ धनुषाको सहकार्यमा सुरु भएको यो दुई दिवसीय प्रतियोगिता जनकपुरधामको श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला (वडा नं. १४) मा सञ्चालन भइरहेको छ। प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन समारोहको अध्यक्षता आयोजक वडा अध्यक्ष पुण्य प्रताप यादवले गरेका थिए।

मन्त्री प्रमोद जयसवालले आफ्नो सम्बोधनमा मधेश प्रदेशलाई ‘खेलाडीहरूको उर्वर भूमि’ को रूपमा चित्रित गर्दै खेल क्षेत्रमा आफूले अघि सारेका योजनाहरूको चर्चा गरे। उनले विगतमा थाँती रहेका कार्यहरूलाई आफ्नो कार्यकालमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भने– “अडकिएको योजनाहरूलाई प्रक्रिया अनुसार लाईनमा ल्याएर कार्यान्वयनमा ल्याउनेछौं।” उनले जनकपुरधाममा निर्माणाधीन श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको कामलाई मधेश प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेश खेलकुद परिषदका सदस्य सचिव शिवजी प्रसाद कानु, परिषदका सदस्य लव अधिकारी, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंह लगायत उपस्थित थिए। साथै कार्यक्रममा वडा नं. १४ का वडा सदस्य गायत्री देवी धनकार, रमेश साह, राकेश पाठक, राज कुमार साह लगायत कराँते प्रशिक्षक, खेलाडी, पत्रकार तथा स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो प्रतियोगितामा धनुषा जिल्लाभित्र सक्रिय कराँते संघ, संस्था, विद्यालय, क्लब र प्रशिक्षक–खेलाडीहरूको सहभागीता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताको मूल उद्देश्य भनेको स्थानीय तहमा कराँते खेलको प्रवर्द्धन गर्नु र नवप्रतिभाहरूको पहिचान तथा प्रोत्साहन गर्नु रहेको छ। प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ र अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा समूहहरूलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन्।

 

 

Tags: जनकपुरधामधनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि