nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अन्तरक्रियात्मक छलफल सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०८२, ५:२२ मध्यान्ह
जनकपुरधाममा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अन्तरक्रियात्मक छलफल सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/जेठ २३ गते। महिला कानुन विकास मञ्च (FWLD) को आयोजना तथा सशक्त महिला, समृद्ध नेपाल परियोजना अन्तर्गत मधेस प्रदेशका माननीय प्रदेशसभा सदस्यहरूबीच लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभा सभामुख माननीय रामचन्द्र मण्डल रहनुभएको थियो। विशेष अतिथिका रूपमा उपसभामुख माननीय बबिता राउत ईशरको उपस्थिति रहेको थियो। कार्यक्रमका अन्य विशिष्ट अतिथिमा अर्थ तथा योजना समितिका सभापति माननीय अनिता कुमारी साह र महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति माननीय रुपा कुमारी यादव रहनुभएको थियो

मन्तव्यको क्रममा सभामुख मण्डलले लैङ्गिक समावेशीतालाई समावेशी विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म लैङ्गिक दृष्टिकोण समावेश गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले बजेट निर्माण प्रक्रियामा महिलालगायत सबै वर्गको समान सहभागिता सुनिश्चित गर्न सरकार र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपसभामुख माननीय बबिता राउत ईशरज्यूको उपस्थिति रहेको थियो। समापन मन्तव्यको क्रममा उपसभामुख ईशरले लैङ्गिक उत्तरदायी बजेटले महिलाको जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, यस्तो पहलले नीति तथा कार्यक्रमहरूमा महिलाको पहुँच र प्रभावकारिता बढाउनेमा जोड दिनुभयो।

छलफल कार्यक्रममा प्रदेशसभाका प्रमुख सचेतकहरू, पूर्व मन्त्रीहरू लगायत २५ जना मधेस प्रदेशसभा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अधिवक्ता सागर पाठकले गर्नुभएको थियो।

कार्यक्रमको उद्देश्यबारे यु.एन. वुमेनका सन्तोष आचार्यले प्रकाश पार्नुभएको थियो भने लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी प्रस्तुतिकरण डा. संग्राम सिंह लामाद्वारा प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा सहभागीहरूले लैङ्गिक उत्तरदायी बजेट निर्माण, कार्यान्वयन र अनुगमनमा सरोकारवाला निकायहरूको भूमिकाबारे विचार आदानप्रदान गरेका थिए।

उक्त अन्तरक्रियात्मक कार्यक्रमले प्रदेशस्तरीय नीति निर्माणमा लैङ्गिक समावेशिता सुनिश्चित गर्न बजेट निर्माण प्रक्रियामा महिला तथा अन्य लैङ्गिक समूहको आवाज समावेश गर्ने आवश्यकता बारे गहिरो छलफल र मार्गदर्शन प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।

 

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!