जनकपुरधाम/फागुन १२ गते। जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता यही फागुन १७ गतेदेखि जनकपुरधामको रंगभूमि मैदान (बरहबिघा) मा आयोजना हुँदैछ।
उक्त प्रतियोगितामा कुल १६ समूहको सहभागिता रहनेछ। पहिलो र दोस्रो राउन्ड नकआउट प्रणालीमा खेलाइनेछ भने अन्तिम राउन्ड लिग आधारमा हुनेछ। प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकिपर, फिल्डर तथा म्यान अफ द म्याच लगायत विभिन्न विधामा खेलाडीहरू पुरस्कृत गरिने आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले जानकारी दिनुभएको छ।
यस प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।














Discussion about this post