nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मौलापुर मधानी महोत्सवको तयारी तिब्र, बलिउड देखी नेपाली कलाकारको जमघट हुने

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन ३, २०८१, ४:२६ मध्यान्ह
मौलापुर मधानी महोत्सवको तयारी तिब्र, बलिउड देखी नेपाली कलाकारको जमघट हुने

सञ्जय मिश्रा/रौतहट/फागुन ३ गते। रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको छैटौं मधानी महोत्सवको तीब्र रुपमा तयारी भईरहेको छ।महोत्सवमा बलिउड देखि नेपाली कलाकारहरुको घुँईचो देखिने भएकाे छ ।

मौलापुर पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदासूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाद्वारा २०७६ साल देखी प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना हुँदै आएको छ। विगतको जस्तै यो वर्ष पनि महा शिवरात्रीको अवसरमा यही फागुन ११ गतेदेखि १५ गतेसम्म हुने मधानी बिशेष महोत्सव लाई पूर्ण सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न समिति उपसमिती गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।

पतौरास्थित उत्खननबाट निस्किएको धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तीव्ररुपमा अगाडि बढाइएको मेयर रिनाकुमारी साहले बताएकी छिन्। मधानी महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मेला आयोजक मूल समिति संयोजकको जिम्मेवारी मेयर साहलाई दिइएको छ।

पुरातात्विक महादेव मन्दिर उत्खनन पछि पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको सल्लाह अनुसार आयोजित मधानी महोत्सवको पहिलोपटक २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भन्डारीबाट उदघाटन भएर सुरुआत भएको थियो। मधानी महोत्सव छैटौँ संस्करण २०८१ मा यस पटक आयोजना हुँदैछ । मौलापुर नगरपालिकामा लगातार दोस्रोपटक मेयरको जिम्मेवारि पाएकी रिना कुमारी साहले मधानी महोत्सवलाई नगरको प्रमुख पर्यटकीय तथा सांस्कृतिक कार्यक्रमको रुपमा राख्दै आएकी छिन्।

संघीय संसद प्रभु साहले महोत्सवका सन्दर्भमा मेयर साहसँग महोत्सवको विभिन्न पक्षमा जानकारी लिएका छन्।  महा शिवरात्रीको अवसरमा शिव-पार्वतीको बिवाहोत्सवको रुपमा मनाउन मेयर साहको अध्यक्षतामा १०१ सदस्यीय मधानी महायज्ञ मूलसमिति  गठन भएको छ । यसैगरी लखिन्द्र साहको संयोजकत्वमा काँवरिया तथा पूजा अनुष्ठान समिति, त्रिभुवन साहको संयोकत्वमा शिवजी बारात यात्रा समिति, नगरका प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद साहको संयोजकत्वमा टेन्ट, खेलतमासा तथा नाचगान व्यवस्थापन समिति, ठागा दासको संयोजकत्वमा घेराबेरा तथा मञ्च व्यवस्थापन समिति, मनोजप्रसाद यादवको संयोजकत्वमा दङ्गल प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएको छ।

त्यस्तै सुनिल साहको संयोजकत्वमा सरसफाई समिति, सरेशप्रसाद यादवको संयोजकत्वमा जग्गा वितरण समिति, जयप्रकाश महतोको संयोजकत्वमा सजावट समिति, उपमेयर नागेन्द्रप्रसाद यादवको संयोकत्वमा अतिथि सत्कार समिति, राजेश रौनियारको संयोकत्वमा खानेपानी तथा शौचालय व्यवस्थापन समिति, रानी साहको संयोजकत्वमा प्रचारप्रसार समिति, अच्छेलाल साहको संयोजकत्वमा स्वास्थ्य शिविर समिति, बालाशंकर कुशवाहाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, रामपुकार साहको संयोजकत्वमा आरती समिति, तेजनारायण साहको संयोजकत्वमा पञ्चकन्यातर्फको समिति, गणेश पटेलको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति र विवेक साहको संयोजकत्वमा मेस सञ्चालन समिति गठन भएको छ ।

 

अागामी ११ गते देखी सुरु भईरहेको मधानी बिशेष महोत्सवको अवसरमा हिन्दी, भोजपुरी फिल्मका चर्चित बलिउड कलाकार एवं सांसद रवि किशन, भोजपुरी फिल्मका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, महाकुम्भकी भाईरल गर्ल मोनालिसा,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे लगायत चर्चित भारतीय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी नेपाली कलाकार तर्फको गायिका अनु चौधरी, तथा कलाकार सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राईसहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको सहभागिता रहने छ ।

यस पटक आयोजना भईरहेको महोत्सवको प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका मुखयमन्त्री सतीश कुमार सिंह रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ। महोत्सवमा १० देखि १२ लाख श्रद्धालु अवलोकन गर्न मौलापुर पतौरा आउने विश्वास आयोजकले गरेको छ । मेलामा आउने भक्तजन तथा श्रद्धालुको सुरक्षाका लागि सैयौं स्वयं सेवक , ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने आयोजकले जनाएको छ

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!