nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बच्चा जन्माएकी किशोरीको विचल्ली, न्यायका लागि आग्रह

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २३, २०८१, ८:५३ मध्यान्ह
बच्चा जन्माएकी किशोरीको विचल्ली, न्यायका लागि आग्रह

पुस २३ गते। सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी १५ वर्षिया एक किशोरी विच्चलीमा परेकी छिन । छिमेकी एक युवासँग प्रेममा परेकी सन्तोषी कुमारी मण्डल गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन ।

नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सन्तोषी र उनका आमा बुबाले न्यायका लागि अपिल गरेका छन । विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक÷पटक शारिरीक सम्बन्ध कायम गरी गर्भवती बनाएर फरार भएपछी उनी न्याय खोज्दै बुवा आमासहित सदरमुकाम राजविराज आईपुगेका हुन ।

एक वर्ष पुरानो घटनाको जिल्लामा कतै कुनै सुनवाई नभएपछि न्याय खोज्दै राजविराज आईपुगेका मण्डल परिवारले गर्भ नफालेकी संतोषीलाई अब बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ताले थप पीडा भएका बताए । स्थानीय प्रमोदले आफुलाई गर्भवती बनाएर फरार भएको बताउँदै सन्तोषीले शुरुमा विहे गर्छु भन्दै शारिरीक सम्बन्ध बनाएको तर पछि गएर गर्भ वसेपछि प्रमोद अचानक सम्र्पक विहीन भएको बताइन् ।

घटना सार्वजनिक भएपछी गाउँमा पटक÷पटक समाजका अगुवाले दवाव बनाएर फरार केटाका आमा बुआलाई घरमा राख्न लगाएको तर १५ दिन नवित्दै छोरीलाई घर निकाला गरिदिएको पत्रकार सम्मेलनमा आमा शियावतीले बताईन । बुवा जगतका अनुसार सूरुमा प्रमोदलाई बाहिर पठाई लुकाइएको र त्यसपछी उनका परिवारले छोरीलाई ३÷४ लाख रुपैया दिने सम्मको प्रलोभन दिदै गर्भ फाल्न दवाब दिने प्रयास गरेको बताए । तर छोरीले विवाह गर्ने बाचा गरेका कारण गर्भ नफाल्ने र प्रमोद संगै विहे गर्ने अडान राखेका कारण घर निकालामा परेको बुवा जगतले सुनाए ।

गरिब परिवारकी संतोषी प्रमोद कै घरमा भाडावर्तन माझ्ने (नोकरानी) को काम गर्थिन । सोही वेला प्रमोदले विहेको प्रलोभन देखाई पटक पटक शारिरीक सम्बन्ध कायम गरेको संतोषीले सुनाईन । प्रेमको नाममा धोखा दिने प्रमोद माथी उनी छिन्नमस्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा २०८० माघ ३ गते जाहेरी समेत दिइसकेकी छिन । तर प्रहरीले अहिले सम्म प्रमोदलाई पक्राउ गर्न सकेको छैन ।पीडित सन्तोषी तथा उनका आमा बुवाले प्रमोदलाइ पक्राउ गरेर कारवाही गर्नु भन्दा पनि उनी संगै सुरक्षित साथ श्रीमान श्रीमतीको रुपमा वस्ने वातावरण बनाई दिनु पर्ने माग गरेका छन । पत्रकार सम्मेलनमा संतोषीकी बृद्ध आमा बुवाले छोरीले न्याय न पाए पुरै परिवार आत्मदाह गर्न बाध्य हुने जनाएका छन ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले संतोषीलाई गर्भवती बनाएर फरार रहेका प्रमोद उपर २०८० साल मै जबरजस्ती करणी मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको बताए । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Tags: समाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि