nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाहपञ्चमी महोत्सवलाई भव्य र व्यवस्थित प्रदेश सरकारको अग्रसरता

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ६, २०८१, ८:५४ मध्यान्ह
विवाहपञ्चमी महोत्सवलाई भव्य र व्यवस्थित प्रदेश सरकारको अग्रसरता

जनकपुरधाम/मङ्सिर ६ गते । जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक तथा मेला भर्न आउनेहरूका लागि सुविधाजनक बनाउन मधेश प्रदेश सरकारले सरोकारवालाहरूसँग छलफल गरेको छ । मङ्सिर २१ गते मार्ग शुक्ल पञ्चमी तिथिमा हुने स्वयंवर र वैवाहिक कार्यक्रम एवम् त्यसअघिका विवाहपूर्वका विधिविद्यानमा सहभागी हुन लाखौँको सँख्यामा जनकपुरधाममा आउने श्रद्धालुभक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरिएको मुख्यमन्त्री सतिशकुमार सिँहले बताए ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिँहको अध्यक्षतामा बिहीबार बसेको बैठकमा विवाहपञ्चमी महोत्सवलाई भव्य एवम् व्यवस्थित बनाउन तीनै तहको सरकारले गर्नुपर्ने कार्यका बारेमा निर्णायक छलफल भएको हो । बिहीबारको बैठकमा तीनै तहका सरकारले दोहोरो नहुने गरी मितव्ययी ढङ्गले महोत्सवका व्यवस्थापकीय सहकार्य गर्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले जानकारी दिए ।

बैठकमा विभिन्न पाँच ठाउँबाट डिस्पलेका माध्यमबाट महोत्सवबारे जानकारी, महोत्सवका दृश्य विनिमय तथा अवलोकन गराउने, ठाउँठाउँमा प्राथमिक उपचारसहितको स्वास्थ्य शिविर राख्ने, बिरामी तथा चोटपटकका शिकार हुनेको उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा निजी तथा सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि बेड व्यवस्था तथा ट्रमा सेन्टर सञ्चालन गर्ने , औषधिमूलोसहित रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, विभिन्न स्थानमा खाने तथा अन्य प्रयोजनका लागि पानीको आपूर्ति मिलाउने, अघिल्ला वर्षहरूभन्दा बढी सँख्यामा सफाइकर्मीसहित शौचालय व्यवस्थापन गर्ने, सडकबत्तीको व्यवस्थापन गर्ने र सिसिटिभी तथा ड्रोनबाट संवेदनशील ठाउँका गतिविधि निगरानी गर्ने आदि निर्णय भएका छन् ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार वैवाहिक कार्यक्रमका लागि उपयोग हुने जानकी मन्दिर परिसर, बाह्रबिघा र मणिमण्डप क्षेत्र तथा त्यहाँसम्मका बाटामा भिड व्यवस्थापन, पसल सञ्चालन र सरसफाइ लगायत कार्यमा बढी जोड दिइनेछ । महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्ययोजनाका आधारमा सयौँको सँख्यामा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गर्नेछन् । वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने पाँच सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था गरिनेछ । त्रेतायुगमा भएको रामजानकी विवाहलाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने गरिन्छ ।

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि