जनकपुरधाम/असाेज २२ गते। हिन्दु धर्माबलम्बीहरुको महान पर्व दशैँको रमझम जनकपुरधामसहित देशैभरी रहेको छ ।
नवरात्रको छैठौं दिन आज मंगलबार दुर्गा भवानी शक्ति स्वरुपा कात्यायनी देवी पूजा जनकपुरधामको राजदेवी मन्दिर सहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा गरिदैंछ ।
कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।
जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोक र दुर्गा चौकमा दशैँका लागि सिंगारिएका छ ।
घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी यस दिन पनि दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ ।
सृष्टिको क्रममा ब्रह्म या अण्डलाई उत्पन्न गरेकाले उनको नाम कुष्माण्डा रहन गएको हो । धार्मिक मान्यतालाई आधार मान्ने हो भने कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ ।
यस वर्ष बोकाबली प्रदान बिहीवार असाेज २४ गते हुनेछ । नेपाली पञ्चाँगका अनुसार अष्टमी शुक्रवार परेतापनि बिहीवार नै मिथिला पञ्चाग अनुसार बलि प्रदान हुने राजदेवी मन्दिर पूजा व्यवस्थापन आयोजक महावीर युवा कमिटीले जनाएको छ ।
कमिटीका अनुसार यस वर्ष सप्तमी र अष्टमी एकै परेका हुनाले बिहीवार नै बलि प्रदान गर्ने निर्णय गरिएको हो ।
Discussion about this post