nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नवरात्रीका यी ८ रहस्य

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०८१, ६:४६ बिहान
नवरात्रीका यी ८ रहस्य

असोज १७ गते। नवरात्रीका यी ८ रहस्य जुन तपाईंलाई थाहा नहुन सक्छ यो पर्वको धार्मिक महत्व एकदमै पनि ठूलो रहेको छ । दशैंलाई नवरात्री भनेर पनि चिन्ने गरिन्छ ।

घटस्थापना देखि सुरु हुने अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिन्छ ।

‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरिन्छ ।

नवरात्रीको धार्मिक महत्व र धार्मिक पक्षको बारेमा धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामीले नवरात्रीको धार्मिक पक्षहरु र यसभित्र लुकेका रहस्यहरुबारे तपाईंलाई जानकारी दिन गइरहेका छौं ।

जानिराखौं नवरात्रीको ८ रहस्य

पहिलो रहस्यः ३६ रात्री

नवरात्री असोज मात्रै नभई वर्षभरीमा चार महिनामा आउँछ । यी चार महिना हुन्ः चैत, असार, असोज र पुस । चैत महिनामा चैत्र नवरात्री हुन्छ जसलाई ठूलो नवरात्री वा वसन्त नवरात्री पनि भनिन्छ ।

त्यस्तै असार र पुस महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ भने असोज महिनाको नवरात्रीलाई शारदिय नवरात्री पनि भनिन्छ ।

दोस्रो रहस्यः ९ छिद्र

हाम्रो शरीरमा ९ छिद्र छन् । दुई आँखा दुई कान नाकका दुई छिद्र दुई गुप्ताङ र एक मुख । यी नौ अंगलाई पवित्र र शुद्ध गर्ने हो भने मन निर्मल हुन्छ र छैठौं इन्दि्रयलाई जागृत गर्छ ।

निन्द्रामा यी सबै इन्दि्र वा छिद्र लुप्त भएर बस्छन् र मनपनि जाग्रत हुन्छ । वर्षको सबै ३६ नवरात्रीहरुमा उपवास राख्नाले अंगप्रत्यंगको पूरै तरिकाले भित्री सफाइ हुन्छ ।

तेस्रो रहस्यः पवित्र छन् यी रात्री

नवरात्र शब्दले ‘नव अहोरात्र’ अर्थात विशेष रात्रीहरुको बोध हुन्छ । यी रात्रीहरुमा प्रकृतिका धेरै अवरोध सकिन्छन् । यदि राती कुनै आवाज दिने हो भने त्यो दिनको तुलनामा धेरै टाढासम्म जान्छ । यसैले यी रात्रीहरुमा सिद्धि र साधना गरिन्छ ।

चौंथो रहस्यः ९ देवी

नवरात्रीमा दुर्गा भगवतीका ९ स्वरुपः शैलपुत्री, ब्रहृमचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिरात्रीको पूजा विधिविधानबाट गरिन्छ ।

कात्यायानीले नै महिषासुरको वध गरेको हुनाले उनलाई महिषासुरमर्दिनी पनि भनिन्छ ।

दुर्गा सप्तशतीका अनुसार दुर्गा भगवतीको अन्य रुप पनि छन्ः ब्राहृमणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, नरसिंही, एन्द्री शिवदूती भीमादेवी भ्रामरी, शाकम्भरी आदीशक्ति र रक्तदन्तिका उनको अन्य रुप हुन् ।

पाँचौं रहस्यः फरक फरक देवी

देवीहरुमा त्रिदेवी, नवदुर्गा दशमहाविद्या र चौसठ्ठी योगिनीहरुको समूह छ । आदि शक्ति अम्बिका सर्वोच्च छिन् र उनका कैयौं रुप छन् । सती, पार्वती, उमा र काली माता भगवान शंकरकी पत्नी हुन् ।

अम्बिकाले नै दुर्गमासुरको वध गरेकी थिइन यसैले उनलाई दुर्गा माता भनिन्छ ।

छैठौं रहस्यः दशमहाविद्या

नवदुर्गामा दशमहाविद्याहरुको पनि पूजा हुन्छ । यीनीहरुको नाम हुन्ः काली, तारा, छिन्नमस्ता, षोडशी, भुवनेश्वरी, त्रिपुरभैरवी, धूमावती, बंगलामुखी मातंगी र कमला ।

सातौं रहस्यः देवीहरुको पहिचान

प्रत्येक देवीलाई उनीहरुको बाहन, भूजा र अस्त्रशस्त्रले पहिचान गर्न सकिन्छ । जस्तैः अष्टभुजाधारी देवी दुर्गा र कात्यायनी सिंहमाथि सवार हुन्छन् ।

त्यस्तै पार्वती, चन्द्रघन्टा र कुष्माण्डा बाघमाथि सवार हुन्छन् । शैलपुत्री र महागौरी वृषभमा कालरात्री गधामा र सिद्धिरात्री कमलमा विराजमान हुन्छन् ।

आठौं रहस्यः संयम

हामीले दशैंलाई माछामासु खाने पर्वको रुपमा लिने गरेका छौं तर, खासमा धर्मशास्त्रले भने चोखो भएर दुर्गा भगवतीको पूजाआजा गर्ने हो भने नवरात्रीभर मद्यपान, माछामासु सेवन नगर्न र स्त्रीसँग शयन गर्न वर्जित मानेको छ ।

नवरात्रीमा उपवास राखेर विधिपूर्वक दुर्गा भगवतीको पूजा गर्न चाहनुहुन्छ भने माथिका कुराहरु उल्लंघन गर्न हुँदैन । संयम नअपनाएमा दुर्गा भगवती प्रसन्न नहुने विश्वास रहेको छ ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: नवरात्री विशेष

Discussion about this post

Related Posts

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

नवरात्रको दोस्रो दिन : माता ब्रह्मचारिणीको महिमा, उत्पत्ति, पूजा विधि र फल प्राप्ति

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि