nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विभेद अन्त्यका लागि दलित समुदायका पत्रकारको भूमिका महत्वपुर्ण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ७, २०८१, १:३३ मध्यान्ह
विभेद अन्त्यका लागि दलित समुदायका पत्रकारको भूमिका महत्वपुर्ण

मिर्चैया (सिरहा)। मधेस प्रदेशको मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि दलित समुदायका पत्रकारको भूमिका महत्वपुर्ण हुने बताएका छन् ।

धेरैले दलित पत्रकारहरू किन सङ्गठित हुनुप¥यो भन्ने प्रश्न गर्ने गरेका सुनाउँदै उनले भने– पीडितको पीडा सबै भन्दा बढी आफैँलाई थाहा हुने भएकाले दलित समुदायले पनि आफैँ संस्था खोलेर सङ्गठित हुनु स्वाभाविक हो । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित पत्रकार सञ्जालका पदाधिकारीहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिम समापन अवसरमा दासले यस्तो धारणा राखेका हुन् । सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले दलित समुदायका पत्रकारहरू हरेक कुरामा पछाडि पारिएकाले उनीहरूबीच समस्या पनि धेरै छन् भने । त्यसैले सबै मिलेर यस्ता चुनौतीको मुकाबिला गर्न पनि उनले सुझाव दिए । साथै मिडिया काउन्सिलले उपलब्ध गराउने लेखनवृत्तिलगायतका सुविधा प्राप्त गर्न पहलकदमी लिन पनि सहभागीहरूसँग आग्रह गरे ।

तालिमका सहभागी दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले तालिमबाट आफूहरूले पत्रकारिताका आधारभूत जानकारी हासिल गरेको र त्यसलाई काम गर्ने क्रममा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले पत्रकारिता पनि एउटा सिप नै भएकाले यो सिपको प्रयोगमार्फत दलित समुदायले भोग्नुपरेका उत्पीडनलाई बाहिर ल्याइ समाधानका लागि अधिकतम पहल गर्ने उल्लेख गरेका थिए । तालिमका सहभागी रौतहटस्थित वृन्दावन नगरपालिकाका पत्रकार राजेश पासवानले अहिलेसम्म आफूहरूले यति जानकारी पनि नपाएको अवस्थामा यहाँबाट फर्केपछि गरिने पत्रकारिता अझ सशक्त तुल्याउन ऊर्जा मिलेको बताए ।

तालिमका क्रममा सहभागी पत्रकारहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ लागु गराउने, पालिकाहरूले वितरण गर्ने बजेटमा देखिएको दलित विरोधी भावनाविरुद्ध अभियान चलाउने र सँगैसँगै पत्रकारको क्षमता अभिवृद्धिका उपायहरू पनि खोजी गर्ने बताएका थिए । तालिमका सहभागी जनकपुरका पत्रकार कुलदीप दासले भने– हामीले प्रगति गर्न नसक्नुमा यस्तो तालिम अभाव पनि एक हो । जुन तालिममा सहभागी हुन पाएपछि निकै खुसी लागेको छ । अबका दिनमा पनि दलित सरोकार मञ्चले यस्ता क्षमता विकासका अवसरलाई निरन्तरता दिनुपर्छ ।

तालिममा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरू सहभागी थिए । जसले आफूहरूले भोग्नुपरेका समस्या, तिनबाट मुक्तिका लागि अपनाउनुपर्ने उपाय तथा यसका लागि आवश्यक पर्ने स्रोत र मार्गबारे व्यापक मन्थन गरेका थिए । साथै उनीहरूले आफू र आफू आबद्ध सञ्चार संस्थाका सबल र दुर्वल पक्षबारे छलफल गरेका थिए भने अवसर र चुनौती पनि निक्र्योल गरेका थिए । तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले पत्रकार नेतामा हुनुपर्ने गुणबारे बताउँदै उनीहरूले आफ्नो समुदायले भोग्नुपरेका पीडा उजागर गर्न कस्तोखालका उपाय र शैलीहरू अपनाउनुपर्छ भन्नेबारे प्रशिक्षण दिएका थिए । कमजोरी पत्ता लगाइ त्यसबाट सिक्ने प्रक्रियाले मात्र टुङ्गोमा पु¥याउने उनको सुझाव थियो ।

त्यसैगरी अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले पत्रकारितामा स्रोत आवश्यक किन पर्छ, यो कति प्रकारका हुन्छन्, कसरी सूचना प्राप्त गर्ने, सार्वजनिक निकायले सूचना दिएनन् भने कस्तो कानुनी मार्ग अवलम्बन गर्ने भन्ने जस्ता जानकारी गराएका थिए । साथै उनले पत्रकारितामा भाषाको भूमिका कस्तो हुनुपर्छ भन्नेबारे पनि सहभागीलाई मसिनो तरिकाले जानकारी गराएका थिए । यो कार्यक्रम आयोजना गर्ने दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले २ दिने तालिमबाट दलित समुदायका पत्रकारले कति सिके भन्ने भन्दा पनि आठै जिल्लाका एउटै र उस्तै पीडा भएका समुदायका पत्रकारहरूको एउटै थलोमा उपस्थिति सबै भन्दा ठूलो विषय रहेको बताए । उनले भने– यो अभूतपूर्व सहभागितालाई शक्तिमा परिणत गर्दै अगाडि बढ्न सकियो भने दलित समुदायले खेप्नुपरेका समस्या चाँडै हल हुनेमा शङ्का छैन ।

Tags: समाचारसिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि