जेठ २८ गते । तराई मधेशका जिल्लाहरुमा मन्दिरको जग्गा वा नीजि जग्गा खनजोत, उब्जाउको लागि बटैयामा दिएमा मोहियानी हक लाग्ने बारे गलत हल्ला फैलिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग राजविराजले मँगलबार एक सूचना जारी गर्दै बटैया गरी खनजोत गर्दै आएको जग्गा, खेतमा कुनै पनि मोहियानी हक नलाग्ने प्रष्ट पारिदिएको छ ।
भूमि सम्बन्धी ऐन २ं०२१ को चौथो संशोधन (२०५३÷०९÷२४) को दफा २५ (२) मा यसअघि नै माहियानी हक प्राप्त हुनेमा बाहेक कसैले कुनै जग्गाबालाको जग्गा कुनै शर्तमा कमाउ दिए वापत (बटैया) सो जग्गामा मोहियानी हक नलाग्ने भनेर प्रष्ट गरेको हो ।
गाउँघरमा कमाउको लागि दिएको मन्दिरको जग्गा, कुट्टीको जग्गा वा नीजि जग्गामा मोहियानी हक लाग्ने भनेर हल्ला फैलिएको थियो ।
Discussion about this post