गिरिजानन्द साह/जेठ १८ गते। जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० को उपाधि राराब कॉलेजले जितेको छ। शुक्रवार भएको फाइनल खेलमा बि.पी.मेमोरियल कॉलेजलाई ८ विकेटले पराजित गर्दै राराब कॉलेजले उपाधि जितेको हो। फाइनल खेलमा बि.पी.मेमोरियल कॉलेजले टस जितेर पहिले ब्याटिंग रोजेको थियो । बि.पी.मेमोरियल कॉलेजको टिमले निर्धारित १६ ओभरको खेलमा ९ विकेट गुमाउदै ११२ रन बनाउदै ११३ रनको लक्ष्य राराब कॉलेजको टिम समक्ष प्रस्तुत गरेका थिए । बि.पी.मेमोरियल कॉलेजको टिमको लागि अखिलले सार्वधिक ३४ बलमा ५५ रन बनाएको थियो। मराराब कॉलेजको लागि बलिङ गरेका अंकितले ३ विकेट र राम यादवले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङका लागि राराब कॉलेजको टिमले १२ ओभरमा २ विकेट गुमाएर ११ ३ बनाउदै टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० को ट्रफी जित्यो। राराब कॉलेजको टिमका लागि अलि अकवरले सार्वधिक ३५ बलमा ३७ रन र राम यादवले १६ बलमा २२ रनको योगदान दिएका थिए । बि.पी.मेमोरियल कॉलेजको टिमका लागि बलिङ गरेका नरेशले १ विकेट र १ विकेट लिएका थिए ।
यस खेलको म्यान अफ दी म्याच राराब कॉलेजको टिमका खेलाडी अंकित सिंह घोषित भएका थिए । उनले यस खेलमा ४ ओवरमा १२ रङ खर्चेर ३ विकेट लिन सफल भएका थिए । टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० को ट्रफी समापन कार्यक्रमको प्रमुख अतिथिमा मधेश प्रदेश सभा सदस्य माननीया राम आशिष यादव द्वारा हस्तान्तरण गरिएको थियो। समापन कार्यक्रम न्यु भिजन नेपालको अध्यक्ष अम्बु प्रसाद साहको अध्यक्षतामा भव्य रुपमा सम्पन्न भएको छ। समापन कार्यक्रमको प्रमुख अतिथिमा मधेश प्रदेश सभा सदस्य माननीया राम आशिष यादव रहेको थियो भने कार्यक्रममा अतिथीहरु कॉलेजका सरहरु,पत्रकार र खेलप्रेमि दर्शकहरुको उपस्थिती रहेको थियो। यो प्रतियोगितामा सफल बनाउन साथ र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हाथहरुलाई सम्मान गर्दै र धन्यवाद दिदै न्यु भिजन नेपालको अध्यक्ष अम्बु प्रसाद साहले कार्यक्रम समापन गरेका थिए।
प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका थिए। खेल आइसीसी मान्यता अनुसार भईरहेको थियो भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भयो।
Discussion about this post