nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

परिक्रमा पछि जनकपुरमा होली

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ५, २०८०, ७:४२ मध्यान्ह
परिक्रमा पछि जनकपुरमा होली

मिथिलामे राम खेलैय होरी मिथिलामे
मिथिलामे हो मिथिलामे
मिथिलामे राम खेलैय होरी मिथिलामे

मिथिला सभ्यता संस्कार अनि पवित्रताको उदगमस्थल हो।जलाशयहरुको भूमिमा पवित्र जल अनि पावन माटोको स्पर्शले भक्तालुहरुको रोम रोम पुलकित हुन्छ ।मिथिला हाम्रो सभ्यता हो। हामी गौरवान्वित छौ कि सनातन संस्कारको महान अनि पावन उदाहरणीय घटनाहरू मध्ये रामायण हाम्रो देशमा पनि घटित भएको छ। राजा जनकको राजधानी मिथिला जनकपुर नेपाल मै शोभनीय छ। यो कुरा नेपालीको लागि विश्वमै गौरवान्वित हुने कुरा हो।हामी त्यहाँका बासिन्दा हौ जहाका राजा राजा भएर पनि महान् ऋषि थिए।प्रख्यात जानकी मन्दिर जँहा विश्वका हरेक कुनाबाट भक्तालुहरु दर्शन गर्न अाउने गर्छन् नेपाल क‌ै माटोमा गम्गमाइरहेका छन् । मुस्कुराइरहेका छन् । आस्था ,भजन,किर्तन,संस्कृति अनि पावन कार्यहरुले अाज पनि नेपाली भूमि हरेक पलमा पुलकित छ।त्रेतायुगको रामायण आज यो संसारमा यदि कहि जग्मगाइरहेको छ भने त्यो मिथिलामा हो।त्यो जनकपुरमा हो।जुन नेपालको प्रदेश न. २ मा पर्दछ।

ऐतिहासिक धार्मिक महत्त्वको १५ दिने मिथिला परिक्रमा महाशिवरात्रीको शुरु भएर फागुन पुर्णिामाको अन्त हुन्छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, किर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिरमा ल्याउने परम्परा छ
डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी किर्तन सहित मौलिक पहिरनमा लाखाँै नर–नारीहरु सहभागी हुने गर्छन् । लावा लस्कर सहित मिथिलाको चारै स्थानका धार्मिक स्थलहरुको परिक्रमा गर्ने परम्परा छ। यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्ने गर्छन् । परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट पनि साधुुसन्त सहभागी हुने गर्दछन् ।

१५ दिने परिक्रमामा जनकपुरधामको हनुमाननगरबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुन्छ ।परिक्रमामा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्।

बिहानै अन्तगृह परिक्रमा गर्ने गर्छन् ।यो दिन लगभग ८ कि. मी. पैदल यात्रा गर्ने गर्छन् । अन्तगृह परिक्रमा एउटा रौनकमय मेला नै लाग्दछ।परिक्रमाका विश्राम स्थानहरुमा विशेष देवी देवताहरुका मठ मन्दिरहरु छन् ।परिक्रमाका भक्तजनहरुलाइ गाउँवासीहरु अत्यन्त उत्साह, श्रद्वा अनि अातिथ्यका साथ राख्दछन् ।धनी गाउँलेहरूले भक्तजनका लागि भण्डाराको व्यवस्था पनि गर्दछन् ।उनीहरूले विभिन्न मिठाई ,खाना,पानी,शर्बत अनि आतिथ्य ले भक्तजनहरुको सहृदय स्वागत गर्ने गर्दछन् ।

परिक्रमामा धार्मिक , जातिगत या अन्य कुनै पनि भेदभाव रहदैन । परिक्रमा भक्तालुहरु समान अनि विशिष्ट मानिन्छ ।परिक्रमा जीवनमा एकफेर निष्ठापूर्वक गरिएमा परमात्मा प्राप्त हुने र मोक्ष मिल्ने विश्वास रहिआएको छ।
परिक्रमाबाट प्राप्त हुने पुण्य अरुलाई दिन मिल्ने मानिन्छ । यदि कसैलाई परिक्रमाको चाहना भएपनि स्वास्थ्य या अन्य कुनै दुर्बलताले गर्न नसकेमा उक्त व्यक्तिको साटो कसैले निष्ठापूर्वक परिक्रमा गरेमा फल उक्त व्यक्तिलाई जान मिल्ने बताइन्छ । के वृद्ध अनि के बालक सबैजना परिक्रमामा समावेश हुने गर्दछन्।मिथिला परिक्रमाको यही विशेषताले यसको उच्चाई गगनलाई छोइरहेको छ।

हुनत होलीको बारेमा थुप्रै किंवदन्तीहरु छन्।तर
जनकपुरको होलीको आफ्नै गरिमा र महिमा छ। जनकपुरमा होली मिथिला परिक्रमाको समाप्ति पछि खेलिन्छ।मधेसका हरेक चाडपर्व
गीत र संगीतले सजिएको हुन्छ।त्यस्तै होली पनि गीत गाएर संगीतमा रमाएर खेलिने गरिन्छ
होलीको आकर्षण जोगिरा सर रर पनि हो।

मधेसमा नव विवाहिताको लागि होली अझ विशेष हुन जान्छ । बेहुली माइत छन् भने सासुर( घर) बाट र यदि सासुर छन् भने माइतबाट बेहुला- बेहुलीको लागि होली खेल्ने
सामग्री , होली खेल्नको लागि नयाँ लुगा,मर – मिठाई ,पुरी मालपुवा आदि समानहरु आउने गर्दछ जसलाई भार भनिन्छ ।आफुभन्दा ठूला बडालाई खुट्टामा रंग अविर हालेर आशिर्वाद लिने चलन छ।नव विवाहितालाई घर परिवारका
आफन्तले विशेष रुपमा बेलुका खानामा डाँक्ने चलन छ।के गरिब के धनी सबको घरमा खीर, मासु,पुरी र मालपुवा पाक्या हुन्छ ।होलीमा विशेषगरी भांगको सर्बत पनि खाने गरिन्छ ।होलीको दिन धर्ती विभिन्न रंगले रंगीचंगी भएको हुन्छ भने गगन अविरले।सबैको आँखामा उज्यालो हुन्छ भने अोठमा मुस्कान हुन्छ ।धन्य छ मिथिला धन्य छन् मैथिली।यिनीहरूको संस्कार यसरी नै सधैं अगाडि निरन्तर बढी रहुन् जसले गर्दा भेदभाव मुक्त एक सुन्दर ,रमणीय , सिनेहले भरिपुर्ण र पावन नव संसारको रचना होस् ।

एक ताल पर ढोलक बाजे
एकही ताल सजल मृदंग
एकही ताल पर गोरी नाचे
मचल अछि खुशीक उमंग
जोगिरा सर रर अरे वाह वाह वाह
जोगिरा सर रर अरे वाह वाह वाह

लेखक-सुधा मिश्र

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

चिया उद्योगको संकट समाधान सरकारलाई नारायणकाजीको अनुरोध

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!