सप्तरी/माघ ७ गते। मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले मधेश कृषि विश्वविद्यालयमा सोमबार हुन लागेको कार्यक्रम रोक्न निर्देशन दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका यादवले सोमबार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर विश्वविद्यालयले शिलान्यास गर्न लागेपछि उक्त कार्यक्रमबारे जानकारी नभएको भन्दै स्थगित गर्ने निर्देशन दिएका हुन् ।
राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार तालाबन्दी गरेका थिए । उक्त तालाबन्दी पछि मन्त्री यादवले विज्ञप्ति जारी गर्दै कार्यक्रम रोक्न भनेका हुन् ।
‘प्रस्तुत विषयमा मधेश प्रदेश सरकारको मातहतमा रहेको मधेश कृपी विश्वविद्यालय राजविराज, सप्तरीको सहकुलपति तथा विश्वविद्यालयको सभा (सिनेट) को अध्यक्ष म आफै हुँदा विश्वविद्यालयमा हुने कार्यक्रमको विषयमा केही जानकारी नपाउनु दुर्भाग्य हो’ मन्त्री यादवको विज्ञप्तिमा छ,’ २०८०/१०/०८ गते हुने कार्यक्रम विश्वविद्यालयले सिनेटको अध्यक्षको सहमति बेगर गर्नु विवाद निमत्याउनु हो । तसर्थ, सो कार्यक्रम स्थगित गर्न विश्विवद्यालयको प्रशासनिक विभागलाई निर्देशन दिएको व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराइन्छ । कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रेजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु ।’

















Discussion about this post