जनकपुरधाम/श्रावण १ गते । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याजपीडितले जनकपुरधाम सहित मधेस प्रदेशका जिल्लाहरूमा विजय जुलुस निकालेका छन् ।
मिटरब्याजपीडित संघर्ष समितको आयोजनामा सप्तरी, धनुषा, महोत्तरी, सिराहा, बारा, पर्साका पीडितहरूले र्याली निकालेका हुन् । सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरूले माग पनि गरेका छन् ।
जनकपुरको बाह्रविघा मैदानबाट सयौं पीडितको संख्यामा निस्कको ¥याली रामानन्दचौक, पीडारीचौक, थापाचौक, मधेश भवन एरिया, मिल्स एरिया, भानुचोक, शिवचौक हुँदै जनकचोकमा कोणसभामा परिणत भएको थियो ।
संघर्ष समितिका मधेस प्रदेश संयोजक मनोज पासवानले पनि सदनबाट मिटरब्याजविरुद्धको विधेयक पास हुनु मिटरब्याजपीडितको ठूलो सफलता भएको बताए । मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सराहनीय रहेको उनले बताए ।
अझै पनि धेरै मिटरब्याज पीडित न्यायको पर्खाइमा रहेका र मिटरब्याजीहरुले अन्याय गरिरहेकाले उनीहरुलाई कारबाही दायरामा ल्याउन माग गरे ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो । जसमा मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ ।















Discussion about this post