nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वास्तु अनुसार घरमा पूजाकोठा कहाँ बनाउने ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १८, २०८०, १:१८ मध्यान्ह
वास्तु अनुसार घरमा पूजाकोठा कहाँ बनाउने ?

वास्तुशास्त्रले घरको हरेक कोठाकोठा कुन दिशा र कस्तो हुनुपर्ने भन्नेबारे निर्देश गरेको छ । वास्तुले प्राकृतिक अवस्थितिसँग सामञ्जस्य राख्ने भएकाले वास्तुमा उल्लेखित विषयलाई वैज्ञानिक आधारमा पनि पुष्टि गर्न सकिन्छ । यही विषयमा ज्योतिष गुरु बिबेक पाण्डेयको वास्तु सुझाव :

घरमा राखिएका हरेक सामग्री कुन दिशामा राखेको छ ? भन्ने कुराले गहिरो अर्थ राख्छ । जस्तै फोटो, फूलको भाँडो, पलङ जस्ता सामग्री कस्तो र कहाँ राख्ने ? विवाहितले शयन कक्षमा कता फर्किएर सुत्ने ? अविवाहितले कता फर्किएर सुत्ने ? जस्ता विषय वास्तुशास्त्रले निर्देशित गर्ने गर्छ ।

सामान्यतया वास्तुशास्त्रलाई शास्त्रीय महत्वले मात्रै हेरेर व्यावहारिक जीवनमा यसको कुनै महत्व छैन भन्नेहरु पनि भेटिन्छन् । तर यसलाई गहिरिएर हेर्ने हो भने यो परम्परागत व्यावहारिक ज्ञानले युक्त विधा हो । यसले पृथ्वीको चाल र मान्छेको शरीरमा उत्पन्न हुने ऊर्जाको आधारमा विश्लेषण गर्छ ।

जस्तो कुनै पनि घरमा फर्निचर राख्दा वास्तु विज्ञानले दक्षिण-पश्चिम दिशापट्टि राख्न सुझाव दिन्छ । दक्षिण-पश्चिम दिशामा पर्ने कोठामा सकेसम्म घरमूली बस्नु उचित मानिन्छ । पूर्व र उत्तरबाट जहिले पनि ऊर्जा आउने गर्छ । बाहिरबाट आएको ऊर्जा पूर्व र उत्तरको कोठामा ठोकिने गर्छ । उक्त ऊर्जा दक्षिण-पश्चिममा जम्मा भएर पुरै घरमा प्रबाह हुन्छ । त्यसैले दक्षिण-पश्चिममा घरमूली बस्दा घरको लागि फाइदा हुन्छ भन्ने मान्यता राखिन्छ ।

त्यस्तै, पूर्वोत्तरबाट आएको ऊर्जा दक्षिण पश्चिममा पुगेर भण्डारण हुने भएकाले सो दिशामा भण्डार एवं दराज जस्ता संरचना राख्न वास्तुशास्त्रले सुझाव दिन्छ । कोठा–कोठाको वास्तु हेर्दा पूर्वाेत्तरमा दराज राख्दा त्यसले ऊर्जालाई अवरोध गर्छ भन्ने मान्यता राखिन्छ । हरेक कोठामा पलङ राख्दा दक्षिण–पश्चिमतिर राख्ने गरिन्छ । त्यसको सम्मुखमा हल्का सामग्री राखिन्छ ।

वास्तुशास्त्रले सुत्नेबेला कता फर्किने भन्ने कुरामा पनि जोड दिएको छ । सामान्यतया उत्तरपट्टि सिरानी गरेर सुत्नु हुँदैन भन्ने मान्यता छ । वास्तुले विद्यार्थीलाई पूर्वतिर र विवाहिताहरुलाई दक्षिणतर्फ सिरानी बनाएर सुत्न सुझाव दिन्छ । यसमा पनि विज्ञान छ, जस्तो बिहान ११ बजेसम्मको घाममा धेरै ऊर्जा प्राप्त हुन्छ भन्ने मान्यता छ । विद्यार्थीको लागि त्यो ऊर्जा आवश्यक पर्छ । तर विवाहिताहरुको लागि घर गृहस्थी चलाउनुपर्ने भएकाले उनीहरुलाई दक्षिणतर्फ सिरानी बनाउनु उचित हुन्छ ।

पूर्वदिशालाई ज्ञानवृद्धिको दिशा मानिन्छ । दक्षिणतर्फ भयो भने जिम्मेवारी बोध गराउने ऊर्जा मिल्छ । यदि कोठा सानो भएर दक्षिणतर्फ सिरानी राख्नै नमिल्ने अवस्था छ भने पूर्वपट्टि नै सिरानी राख्दा सबैको लागि उचित हुन्छ ।

वास्तु अनुसार भान्सा कोठा पूर्वीदक्षिणी भेगमा राख्नुपर्छ । यो यस्तो भाग हो जहाँ दिनैभरि सूर्यको किरण पर्छ । त्यहाँ अग्नि वा तापतत्व धेरै हुन्छ भनिन्छ । त्यहाँ अग्निजन्य क्रियाकलाप बढी हुने भएकोले भान्साकोठाको लागि पूर्वीदक्षिणी उपयुक्त हुन्छ । यदि पूर्वीदक्षिणी भेगमा भएन भने उत्तरपश्चिमी भेगमा पनि राख्न सकिन्छ ।

भर्‍याङ र पूजाकोठा कहाँ बनाउने ?

वास्तुशास्त्रले भर्‍याङ कता राख्ने भन्ने सवालमा धेरै जोड दिएको छैन । सबै वास्तु मिलेको छ भने यसलाई जता राख्दा पनि हुन्छ । दक्षिणतर्फ घरको भार बढी हुन्छ भन्ने मान्यता छ । त्यसैले भर्‍याङलाई दक्षिणतर्फ वा नभए पश्चिमतर्फ राख्नु उपयुक्त मानिन्छ ।

यसबाहेक पनि पूर्वोत्तर कुनामा पूजाकोठा राख्न सकिन्छ । हामीहरु बिहान उठेपछि सबैभन्दा पहिले जाने ठाउँ पूजाकोठा नै हो । पूर्वोत्तर कोठाबाटै ऊर्जा उत्पन्न हुने र पूजाकोठा अरुको तुलनामा बढी सफा पनि हुने भएकोले पूजा कोठालाई पूर्वोत्तर कुनामा नै राख्ने चलन छ । तर कुनै भगवान विशेषको मन्दिर बनाउने हो भने भगवान अनुसार ठाउँ चयन गरिन्छ । जस्तो, हनुमानको मन्दिर छ भने बलको दिशा मानिने दक्षिणतिर बनाउँदा राम्रो हुन्छ । सरस्वतीको मन्दिर हो भने पश्चिमतिर बनाइन्छ । यसरी भगवान अनुसार मन्दिरको दिशा चयन गरिन्छ ।

अर्कोतर्फ वास्तु विज्ञानले सकारात्मक ऊर्जा पैदा गर्नेखालका तस्वीर र फूल पनि घरमा राख्न सकिने बताउँछ । घरमा भएको तस्वीर र सामग्रीले मान्छेको मानसिकतालाई असर गर्छ । घरमा सधैं हाँसिरहेको मानिसको तस्वीर राख्ने हो भने त्यसले सकारात्मक ऊर्जा पैदा गर्छ । त्यसैले तस्वीर राख्दा युद्ध र अपराधसँग सम्बन्धी तस्वीरहरु राख्नु हुँदैन ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ?

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!