nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तत्कालिन बिज्ञान भन्दा पनि पुरानो छ् ज्योतिष बिज्ञान

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १६, २०८०, ४:०८ मध्यान्ह
तत्कालिन बिज्ञान भन्दा पनि पुरानो छ् ज्योतिष बिज्ञान

ज्योतिष गुरु बिबेक पाण्डेय । ज्योतिष भन्नेबित्तिकै हामी भविष्य कथनको फलित चक्रलाई मात्रै बुझ्ने गर्छौं । तर, ज्योतिष फलित चक्र मात्रै होइन । यो त सम्पूर्ण ब्रह्माण्डको चाललाई अध्ययन गर्ने अति सूक्ष्म गणितीय शुत्र हो । किनकि नौवटा ग्रहकै आधारमा ९ अंक गणितको उत्पत्ति ज्योतिषबाटै भएको हो । र, त्यही गणितीय सूत्रको आधारमा भौतिक विज्ञानले आज आफ्नो साम्राज्य खडा गरेको छ ।
मानव सभ्यतामा जुन बेला ज्योतिषको उत्पत्ति भयो त्यसबेला कुनै यन्त्र विज्ञान र भौतिक विज्ञानको अस्तित्व थिएन । तर, अध्यात्म विज्ञान उतिबेला पनि अस्तित्वमै थियो । र, अध्यात्म विज्ञानका दुईवटा शाखा थिए, एउटा भक्तियोग र अर्को अध्यात्म #विज्ञानयोग । तर, त्यसबेलाको सामान्य मनुष्य चेतनाले अध्यात्म विज्ञानयोगलाई अध्ययन गर्न सकेन । फलत: मानिस भक्तियोगमा लीन भए र ग्रहचक्रको गणितीय सूत्रलाई देवत्वकरण गरिदिए ।

अन्तत: ९ वटा ग्रहलाई देवताको रूपमा पूजा र उपसना गर्न थालियो । यसरी हाम्रो अध्यात्म विज्ञानले उत्खनन गरेको रेडिएसनको विज्ञानलाई मानिसको अल्पचेतनाले अन्धविश्वासको अलौकिक संसारमा पुर्‍याइदियो । यसरी ग्रहचक्रलाई देवत्वकरण गरिनु नै यसको दुर्भाग्य बन्यो र युनिर्भसिटीमा यसको अध्ययनको ढोका बन्द भयो । सँगसँगै यसलाई अध्ययन गर्ने वैज्ञानिक आधार पनि बन्द भए । मनोदार्शनिक कार्ल गुस्ताभ युँगले २० औं शताब्दीको मध्यतिरै भनेका थिए, ‘बुद्धिजीवी, विचारक तथा भौतिकवादीहरूले #ज्योतिषविज्ञानलाई मान्न जति नै अस्वीकार गरे पनि यसको सत्य एक दिन प्रमाणित हुनेछ र संसारले यसलाई पढ्न थाल्नेछ ।’
ग्रह र नक्षत्रको संगीत नै मानव जीवनको अन्तरसंगीत हो भन्ने सिद्धान्तले ज्योतिषशास्त्रलाई रेडिएसनको विज्ञान र रहस्यको एउटा विशाल पाण्डुलिपिमा परिणत गरिदन्छ ।
भनिन्छ, यो संसारमा जति पनि महामारी फैलिन्छ वा उथलपुथल आउँछ ती सबै ब्रह्माण्डमा हुने ग्रहकै चालका कारण हुन् । ज्योतिषशास्त्रअनुसार महामारी, विस्फोट, भूकम्पजस्ता सबै प्राकृतिक विपत्तिको मुख्य स्रोत सौरमण्डल हो । यस लेखमा ब्रह्माण्डको अध्ययन गर्ने शास्त्र ज्योतिष विज्ञानबारे केही चर्चा गरिनेछ ।

ज्योतिष भन्नेबित्तिकै हामी भविष्य कथनको फलित चक्रलाई मात्रै बुझ्ने गर्छौं । तर, ज्योतिष फलित चक्र मात्रै होइन । यो त सम्पूर्ण #ब्रह्माण्डको चाललाई अध्ययन गर्ने अति सूक्ष्म गणितीय शुत्र हो । किनकि नौवटा ग्रहकै आधारमा ९ अंक गणितको उत्पत्ति ज्योतिषबाटै भएको हो । र, त्यही गणितीय सूत्रको आधारमा भौतिक विज्ञानले आज आफ्नो साम्राज्य खडा गरेको छ ।
मानव सभ्यतामा जुन बेला ज्योतिषको उत्पत्ति भयो त्यसबेला कुनै यन्त्र विज्ञान र भौतिक #विज्ञानको अस्तित्व थिएन । तर, अध्यात्म विज्ञान उतिबेला पनि अस्तित्वमै थियो । र, अध्यात्म विज्ञानका दुईवटा शाखा थिए, एउटा भक्तियोग र अर्को अध्यात्म विज्ञानयोग । तर, त्यसबेलाको सामान्य मनुष्य चेतनाले अध्यात्म विज्ञानयोगलाई अध्ययन गर्न सकेन । फलत: मानिस भक्तियोगमा लीन भए र ग्रहचक्रको गणितीय सूत्रलाई देवत्वकरण गरिदिए ।

अन्तत: ९ वटा ग्रहलाई देवताको रूपमा पूजा र उपसना गर्न थालियो । यसरी हाम्रो अध्यात्म विज्ञानले उत्खनन गरेको रेडिएसनको विज्ञानलाई मानिसको अल्पचेतनाले अन्धविश्वासको अलौकिक संसारमा पुर्‍याइदियो । यसरी ग्रहचक्रलाई देवत्वकरण गरिनु नै यसको दुर्भाग्य बन्यो र युनिर्भसिटीमा यसको अध्ययनको ढोका बन्द भयो । सँगसँगै यसलाई अध्ययन गर्ने वैज्ञानिक आधार पनि बन्द भए । मनोदार्शनिक कार्ल गुस्ताभ युँगले २० औं शताब्दीको मध्यतिरै भनेका थिए, ‘बुद्धिजीवी, विचारक तथा भौतिकवादीहरूले ज्योतिषविज्ञानलाई मान्न जति नै अस्वीकार गरे पनि यसको सत्य एक दिन प्रमाणित हुनेछ र संसारले यसलाई पढ्न थाल्नेछ ।’

आज फ्रान्समा ४७ प्रतिशत मानिस ज्योतिषलाई विश्वास गर्छन्, उनीहरू भन्छन्– यो विज्ञान हो । अमेरिकामा ५ हजारभन्दा बढी मानिसले यसको अध्ययन गरिरहेका छन् । संसारभरि ७८ प्रतिशत मानिसले ज्योतिषमा विश्वास गर्छन् भन्ने तथ्यांक ‘होरोस्कोप’ को एक अध्ययनले देखाएको छ । सुमेरियनहरूले उत्खनन गरेको इतिहासको परिभाषा सर्वव्यापी छ । सुमेरुमा भेटिएका हड्डीका अवशेषमा ज्योतिष र चन्द्रमा यात्राका चिह्न पाइएका छन्, जुन २५ हजार वर्ष पुराना भएका उनीहरू बताउँछन् । तर, ऋग्वेदको इतिहास त्योभन्दा निकै पुरानो छ । ग्रह–नक्षत्रको यो स्थिति ऋग्वेदमा भेटिन्छ, जसले ऋग्वेदबाटै ज्योतिषशास्त्र सुमेरु पुगेको आधार प्रस्तुत गर्छ ।

पृथ्वीमा जे–जति महामारी फैलिन्छन् वा जे–जस्ता घटना हुन्छन् ती सबैको प्रारम्भिक स्रोत ग्रह–नक्षत्रसँग जोडिएको हुन्छ भन्ने रहस्य जब ऋषिमुनिबाट सुमेरियन पुरोहितहरूले प्राप्त गरे, त्यसपछि नै सुमेरु पर्वतमा अग्लो मिनार बनाएर उनीहरूले ग्रह–नक्षत्रको अध्ययन थालेका थिए ।

इसापूर्व ६ सय वर्षअघि युनानमा पाइथागोरसले प्लेटनरी हार्मोनी अर्थात् ग्रहका बीच संगीतको सम्बन्धका बारेमा व्याख्या गरेका थिए । त्यसबेला पाइथागोरस बुद्ध र माहवीर जैनसँग निकै प्रभावित भएका थिए । उनले भनेका छन्, ‘प्रत्येक ग्रह–नक्षत्र जब अन्तरिक्षमा भ्रमण गर्छन् तब प्रत्येक नक्षत्रले आ–आफ्नो गति विशेष ध्वनि उत्पन्न गर्छन् । पृथ्वीमा कोही मानिसले जन्म लिएपछि हुने नक्षत्रको संगीत व्यवस्थाले त्यो मानिसको जीवनको व्यवस्थालाई प्रभावित बनाउँछ । जबसम्म व्यक्तिको अन्तरसंगीत, नक्षत्रको मौलिक संगीत व्यवस्थासँग तालमेलमा रहन्छ तबसम्म ऊ स्वस्थ रहन्छ । र, जब उसको तालमेलको तार टुट्छ ऊ अस्वस्थ हुन थाल्छ ।’ उसको यही सिद्धान्तलाई विश्वको संगीतबद्धता अर्थात् ‘हार्मोनी’ भनेर व्याख्या गरियो ।

यही सिद्धान्तलाई त्यसबेला चिकित्सक प्यारासिलसले बडो महत्त्वपूर्ण प्रयोग गरेका थिए । त्यतिबेलाका चिकित्सकहरूले ठीक पार्न नसकेका रोगीलाई प्यारासिलसले उनीहरूको जन्मकुण्डली अध्ययन गरेर उपचार गरेका थिए । उनको भनाइ थियो, ‘जबसम्म व्यक्ति कुन नक्षत्रको कस्तो संगीत सूत्रमा जन्मिएको हो भन्ने थाहा हुँदैन तबसम्म यसको अन्तरसंगीतको टुटेको तारलाई खोज्नु व्यर्थ रहन्छ । मनुष्यमा अन्तरनिहित संगीत नै उसको स्वास्थ्य हो । जन्मकुण्डली यसलाई बुझ्ने भरपर्दो माध्यम हो । रोग बाहिरी आक्रमण हो अथवा उसका विरुद्धको संगीत हो । त्यसैले सर्वप्रथम व्यक्तिको अन्तरनिहित संगीतको खोजी गर्नुपर्छ । यसपछि मात्रै बाहिरी तत्त्व वा रोगको ज्ञान हुन्छ र उसको सही उपचार गर्न सकिन्छ ।’ यहाँ ‘रोग’ को अर्थ मानिसको जीवनमा आइपर्ने सम्पूृर्ण अप्ठ्याराहरूको संकेत हो ।

सन् १९५० मा नयाँ विज्ञानको उदय भयो, जसलाई (कज्मिक केमेस्ट्री) अर्थात् ब्रह्म सरायन भनी नाम दिइयो । यो सिद्धान्त जियोर्जी गिर्योडीले स्थापित गरेका थिए । यो सम्पूर्ण जगत् एउटा आर्गनिक युनिटी हो । एक एकीकृत जीवन । यसमा शरीरको एउटा अंगले अर्को अंगलाई महसुस गर्न सक्छ, जस्तै कसैको टाउकोमा चोट लाग्यो भने उसको खुट्टा लडखडाउँछ । अथवा उसको औंलामा चोट लाग्यो भने उसलाई हृदयमा चोट अनुभव हुन्छ । कजमिक केमेस्ट्रीले त्यही कुरालाई व्याख्या गरेको छ, जसमा पूरा ब्रह्माण्ड एउटा शरीर हो र त्यसमा कुनै पनि ग्रह अलग छैनन् । त्यसैले कुनै पनि ग्रह कति नै टाढा किन नहोस् जब उसको गतिमा परिवर्तन हुन्छ, तब मानव हृदयको गतिमा पनि स्वाभाविक परिवर्तन हुन्छ । किनकि त्यतिबेला त्यसबाट प्रवाह हुने रेडिएसनहरूमा पनि परिवर्तन भएको हुन्छ ।

हामीले हेर्दा सूर्य निकै टाढा लाग्छ । तर, हाम्रो रगतको कणकणमा सूर्य स्थित छ । त्यसैले हाम्रो आत्मा र हड्डीको कारक सूर्यलाई मानिएको छ । सूर्यमा हुने सानो परिवर्तनले हाम्रो शरीरमा बग्ने रगतको शैलीमा परिवर्तन गराइदिन्छ । पृथ्वीमा त्यस्ता कुनै घटना भएका छैनन्, जुन सूर्यमा नभई पृथ्वीमा मात्रै भएका होऊन् । किनकि पृथ्वी सूर्यको अंश हो र यसमा भएको जीवन सूर्यकै ताप र प्रकाशबाट सञ्चालित छ ।

हरेक ११ वर्षमा सूर्यमा पिरिडियोकल्ली आणविक विस्फोट हुन्छ । जब सूर्यमा आणविक विस्फोट हुन्छ तब पृथ्वीमा युद्ध र क्रान्तिको सूत्रपात हुन्छ भनी सन् १९२० मा रुसी वैज्ञानिक चिजेब्रस्कीले ७ सय वर्षको समयलाई वैज्ञानिक व्याख्या गरेका थिए, जसकारण उनी जेल जानुपर्‍यो । किनकि त्यसबेला माक्र्सवादको सिद्वान्तले युद्ध र क्रान्तिको मुख्य कारण आर्थिक विपन्नतालाई मानेको थियो । सूर्यमा हुने विस्फोटले मान्छेलाई कसरी गरिब र धनी बनाउन सक्छ ? स्टालिन यो कुरा मान्न तयार भएनन् । त्यसबेला चेजेब्रस्कीलाई ठीक मान्नु भनेको माक्र्सका सारा व्याख्याहरूलाई गलत मान्नु थियो । वर्गीय सिद्धान्तको विपरीत भएपछि स्टालिनले चेजेब्रस्कीलाई र जेल पठाइदिए । स्टालिनको मृत्युपछि मात्रै चेजेब्रस्की जेलमुक्त भए तर उनी ६ महिना पनि बाँचेनन् । तिनै ६ महिनामा उनले छोडेर गएका मुख्य सूत्रको आधारभूमिमा सौरमण्डलको अध्ययन सुरु भएको वैज्ञानिक इतिहास छ ।

यसरी ग्रह र नक्षत्रको संगीत नै मानव जीवनको अन्तरसंगीत हो भन्ने सिद्धान्तले ज्योतिषशास्त्रलाई रेडिएसनको विज्ञान र रहस्यको एउटा विशाल पाण्डुलिपिमा परिणत गरिदिन्छ ।

(जन्मकुण्डली र हस्तरेखा आधारित सटिक र सफल भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ?

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनुषा-१ उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा–५ का निर्वाचित सांसद बालेन्द्र शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जनकपुरधाममा मनाईयो १६६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

भारतले तेस्रो पटक टी-२० विश्वकप जितेर बनायो तीन कीर्तिमान

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सुनसरी–१ मा श्रम संस्कृतिका राई निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव निर्वाचित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!