nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कु टिए ट्राफिक प्रहरी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०८०, १:०८ मध्यान्ह
मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कु टिए ट्राफिक प्रहरी

जेठ ९ गते । एक ट्राफिक प्रहरी ड्युटीमै कु टिएका छन्।

शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्।

आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताए।  

बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपराह्न साढे तीन बजे परस्पुर पुगेका थिए।

उनका अनुसार, पाँच बजेसम्म चेकिङ गरिसकेपछि कार्यालय फर्कनै लाग्दा भे ११ प  १२५५ नम्बरको बुलेट मोटरसाइकल हुइँकिँदै आयो।

मोटरसाइकलमा थिए स्थानीय मेराज शेख। हेलमेटबिना मोटरसाइकल कुदाइरहेका मेराजले अगाडि  ट्राफिक चेकिङ भइरहेको देखेपछि हतारहतार मोटरसाइकल फर्काए र तीव्र गतिमा कुदाए।

कारबाहीमा पर्ने डरले भागेका शेख मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि केही पर पुगेपछि सडकमै पल्टिएर घाइते भए। दुर्घटना भएको देखेपछि बस्नेतसहितको टोली उद्धारका लागि मेराज लडेको स्थानमा पुगेका थिए।

मोटरसाइकलसहित लडेका मेराजलाई उठाउन लागेको बेला त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।

प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मानबहादुर ठगुन्नाले आक्रोशित स्थानीयलाई सम्झाउने प्रयत्न गरेको तर युवाहरूले हँसिया र बाँसका भाटाले आफूहरूमाथि प्रहार गर्न थालेको बताए।

स्थानीयले घरेलु हतियारले आक्रमण गर्दै लखेटेपछि उनीहरू सडकबाट तल रहेको खेततर्फ भागेका थिए। खेतमा खसेका दुवैलाई पुनः खेतैखेत लखेटेको भिडिओ समेत सार्वजनिक भएको छ।

आइएम युवराज नामका टिकटक प्रयोगकर्ताले राखेको उक्त भिडिओ अहिले टिकटकबाट हटाइएको छ। ज्यान बचाउन भाग्दै गरेका उनीहरूलाई प्रहरी पोष्ट अगाडि पुगेपछि मात्रै स्थानीयले कुटपिट गर्न छोडेका थिए।

स्थानीयको आक्रमणबाट प्रहरी सहायक निरीक्षक बस्नेतको हातमा र प्रहरी जवान मानबहादुर ठगुन्नाको हात र खुट्टामा चोट लागेको छ।

ठूलो संख्यामा रहेको स्थानीयले आफूहरूलाई मार्न लागेपछि आफूहरू भाग्ने प्रयत्न गरेको तर २५० मिटरसम्म भाग्दा पनि उनीहरूले लखेट्न नछोडेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।

‘हामीले सडकमा चेकिङ गर्दा नियम उल्लंघन गरेर सवारी चलाउनेहरूलाई बाधा भइरहेको थियो त्यसैले उनीहरूले हामीमाथि आक्रमण गरे’, बस्नेतले भने।

बस्नेतले आफूमाथि आक्रमण गर्नेविरूद्ध विभागले नै कारबाही गर्ने विश्वास व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीहरूमाथि आक्रमण भएको बताउँदै घाइतेहरूको अवस्था गम्भीर नभएकोले कारबाहीबारे नसोचिएको बताए।

´ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि यसरी संगठित रूपमा आक्रमण भएको घटना कसरी सामान्य?’ भन्ने प्रश्नमा भने उनले जवाफ दिन चाहेनन्।

‘यो विषयमा अब अगाडि छलफल होला’, प्रवक्ता घर्तीमगरले भने।लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले घटनाबारे बुझ्न बाँकी रहेको बताए।

‘मैले पनि घटना साँझमात्रै थाहा पाएँ, के गर्ने भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्नु पर्ला’, प्रसाईले भने।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले घटना सामान्य भएको बताउँदै प्रहरीमाथि कुटपिट भएको भन्ने जानकारी नआएको बताए।

‘आज स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ सबै कुरा आउला,’ राठौरले भने।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि