nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिनु यादव ८ दिनदेखि अनशनमा,किन छ बिनु यादव अनशनमा? यस्तो छ घटनाको नालीबेलि

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३, २०८०, ११:१३ मध्यान्ह
बिनु यादव ८ दिनदेखि अनशनमा,किन छ बिनु यादव अनशनमा? यस्तो छ घटनाको नालीबेलि

मदन ढुंगाना/काठमाडौँ/जेठ ३ गते । रामेछाप जिल्ला अदालतले जब रजस्ती रुपमा गराएको सम्बन्धवि च्छेदको फैसला बदर लगायतका माग राख्दै काठमाडौंको माइतीघरमा बिनु यादवले आमरण अनशन थालेको बुधबार आठ दिन भयो ।

अनशनको आठौं दिन यादवको स्वास्थ्य अवस्था नाजुक बनेको छ । कम्तीमा ७० हुनुपर्ने सुगर लेबल घटेर अहिले १५ मा आइपुगेको छ । तर पनि सरकारले उनको अनशन तोडाउन कुनै पहल गरेको छैन ।

आफ्नै प्रेमीबाट बला त्कृत भएको र बला त्कारबाट जोगिन विवाहको नाटक गरेर पछि धोका दिएको भन्दै बिनु यादवले आफ्ना ‘पूर्व पति’ प्रदिप कठायतलाई बला त्कारकै कसुरमा पुनः अनुसन्धान र कारबाही गर्न माग गरेकी छन् ।

त्यसैगरी आफ्नो इच्छाविपरीत षड्यन्त्रपूर्ण तवरबाट सम्बन्धविच्छेद गराइएको भन्दै सम्बन्धविच्छेदको फैसला गरिदिने रामेछाप जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीलाईसमेत उनले कारबाहीको माग गरेकी छन् ।

आफूमाथि पटकपटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पनि कारवाही गर्न बिनुको माग छ । साथै, २०७५ सालमा आफूले कालीमाटी प्रहरी वृत्तमा जबरजस्ती करणीको जाहेरी दिएकामा उक्त जाहेरी फिर्ता गर्न लगाई ‘बलात्कारी’सँग विवाह गर्न लगाउने तत्कालीन डीएसपी सुरज कार्कीमाथि पनि छानबिन र कारवाहीको माग गरेकी छन् ।

के थियो घटना ?

पहिले सिराहा घर भई बुबासँगै पछि सोलुखुम्बुमा बसाई सरेकी बिनु यादव माध्यामिक शिक्षा सकेपछि काठमाडौं आउँदा रामेछापका प्रदीप कठायतसँग भेट भएको थियो । सामान्य चिनजानपछि प्रेम सम्बन्धमा परिणत भएको बिनु यादवले बताइन् । प्रेम सम्बन्ध र विवाह नै गर्ने सहमति भएपछि आफूहरुबीच यौनसम्बन्ध समेत भएको बिनुको भनाइ छ ।

त्यही समयमा बिनु यादव गर्भवती बनिन् । आफू गर्भवती बनेपछि प्रदीपले आफूलाई धाकधम्की दिने गरेको र विवाह गर्न अस्वीकार गरेको बिनुले रातोपाटीसँगको कुराकानीमा बताएकी छन् । त्यसपछि बिनु २०७५ साल वैशाख महिनामा प्रहरी वृत्त कालीमाटीमा पुगेर प्रेमी प्रदीप कठायतविरुद्ध जबरजस्ती करणीको जाहेरी दिइन् ।

प्रहरीमा जबरजस्ती करणीको जाहेरीपछि भने प्रदीपले बिनुलाई श्रीमतीका रुपमा स्वीकार गर्ने र घरमा लगेर राख्ने बचन दिए । बिनुलाई ‘कन्भिन्स’ गरेपछि बिनुले पनि मिलापत्र गरी श्रीमान–श्रीमती नै भएर बस्ने भन्दै प्रदीपविरुद्धको जबरजस्ती करणीको जाहेरी फिर्ता लिइन् ।

त्यसपछि सुरुमा प्रदीपले बिनुलाई भक्तपुरमा रहेको सगोलको घरमा राखेको तर आफ्नो पुर्ख्यौली घर रामेछाप नलगेको र परिवारसँग चिनापर्ची पनि नगराएको बिनुको आरोप छ । परिवारसँग लुकाउने र श्रीमतीको हैसियत पनि दिन नखोजेपछि बिनुले घरमा लैजान दबाब दिइन् । त्यसपछि २०७६ सालको मंसिरमा भद्रकाली मन्दिरमा औपचारिक विवाह गरी आफू प्रदीपको पुर्ख्यौली घर रामेछाप गएको बिनुले बताइन् ।

तर प्रदीपको घरमा गएपछि आफूमाथि झनै बढी हेलाहोचो गरिएको र श्रीमती तथा बुहारीको दर्जासमेत नदिई एक नोकरको जस्तो अवस्था बनाइएको बिनुको भनाइ छ । उनले भनिन्, ‘रामेछापमा उनीहरुको होटल थियो, म त्यही होटलमा काम गर्ने एक सामान्य मजदुरजस्तो थिएँ । बिहानदेखि बेलुकासम्म काम लगाउँथे तर मलाई न प्रदीपले श्रीमतीको हैसियत दिए, न सासुससुराले बुहारीको दर्जा दिए । म त त्यहाँ एक नोकरजस्तो थिएँ, सित्तैमा काम लगाउने नोकर र प्रदीपको यौनदासी जस्तो थिएँ ।’

बिनुका अनुसार रामेछापमै रहेको समयमा उनलाई जबरजस्ती गर्भपतन गराउन बाध्य बनाइएको थियो । उनले भनिन्, ‘एक महिलाका लागि सन्तानप्राप्तिको अधिकार ठूलो कुरा हुन्छ, तर मेरो हातखुट्टा बाँधेर जबरजस्तीरुपमा गर्भपतनको औषधि खुवाइयो र गर्भपतन गराइयो ।’

रामेछापमै रहेको समयमा आफूलाई काकाससुरा पवन कठायतले जबरजस्ती करणीको प्रयाससमेत गरेको बिनुको आरोप छ । उनी भन्छिन्, ‘मलाई श्रीमानबाट मात्रै यातना भएन, काकाससुरा पवन कठायतले पनि पटकपटक बलात्कारको प्रयास गरे ।’

बिनुका अनुसार बलात्कार मुद्दाको हदम्याद सकिएपछि प्रदीप कठायतले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए । प्रदीप कठायतले आफूविरुद्ध २०७७ साल असोजमा रामेछाप जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको बिनुले बताइन् । उक्त मुद्दामा मोलाहिजा गरेर रामेछाप जिल्ला अदालतका तत्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीले २०७९ वैशाख ७ गते एक पक्षीय रुपमा सम्बन्धविच्छेद गराइदिएको उनको आरोप छ ।

सम्बन्धविच्छेद गराउने समयमा पनि परिवारले सबै सम्पत्ति लुकाएको बिनु बताउँछिन् । अदालतले एक पक्षीयरुपमा सम्बन्धविच्छेदको फैसला सुनाएपछि बिनुले इजलासमै विषसेवन गरेकी थिइन् ।

इजलासमै विष सेवन गरेपछि बिनुलाई काठमाडौं ल्याएर उपचार गरिएको थियो । उपचारपछि बिनुले सञ्चारमाध्यममा आफूमाथि अन्याय भएको भन्दै हारगुहार मागेकी थिइन् । उनले आफूमाथि पटकपटक बलात्कारको प्रयास गर्ने काकाससुरा पवन कठायतविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमार्फत् रामेछाप जिल्ला अदालतमै जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

तर रामेछाप जिल्ला अदालतले पनि पवनविरुद्धको अभियोग दाबी नपुग्ने भन्दै २०७९ फागुन २९ गते पवन कठायतलाई सफाइ दिएको थियो । त्यसपछि बिनु यादव लगायतका केही महिला र अधिकारवादीको समूहले रामेछाप जिल्ला अदालतमा तोडफोडसमेत गरेको थियो ।

बिनुले एक पक्षीयरुपमा गराइएको सम्बन्धविच्छेदको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनको रिट दर्ता गराएकी छन् । उक्त मुद्दा अहिले उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।

बिनु भन्छिन्, ‘मेरो शरीर बिग्रिसक्यो । दुई पटक त गर्भपतन नै गराइसकेँ । अब फेरि अर्को बच्चा जन्माउन सक्छु कि सक्दिन भन्ने पनि थाहा छैन । मेरो शरीर कसैलाई मन लागेको बेला खेल्ने मैदान होइन । अब मलाई अर्को कुनै व्यक्तिसँग विवाह गर्नु छैन । त्यसकारण जबरजस्तीरुपमा गराइएको सम्बन्धविच्छेदको फैसला बदर गरी पति प्रदीप कठायतसँगै बस्ने व्यवस्था गराइनुपर्छ ।’

आफूलाई सम्मानपूर्वक श्रीमती र बुहारीको दर्जा र हैसियत दिइनुपर्ने उनको माग छ ।बिनुका अनुसार गत वैशाख ३१ गते गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय बिनुलाई भेट्न अनशनस्थलमा पुगेका थिए । बिनुको स्वास्थ्य अवस्थाको सामान्य जानकारी लिने र उनका कानुन व्यवसायीसँग भेटघाट गरी मागको सम्बन्धमा कुराकानी गर्ने काममात्रै भएको छ । बिनुले माग गरेको बलात्कारको मुद्दामा सुरुदेखिकै अनुसन्धान गर्न सकिन्छ कि सकिँदैन भनेर महान्यायाधिवक्ता कार्यालयसँग सामान्य छलफल मात्रै गरिएको बिनुका कानुन व्यवसायी इन्द्र अर्यालले रातोपाटीलाई बताए ।-रातोपाटी बाट

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि