जनकपुरधाम/बैशाख १९ गते। मधेस प्रदेशका स्थानीय तहहरूमा तथा प्रदेश सरकार मातहत रहेका निकायहरूमा भ्रष्टाचारकाे अवस्था उच्च रहेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको तथ्याङ्कअनुसार गतवर्ष उजुरी परेकामध्ये स्थानीय तहका ३३ दशमलव १ प्रतिशत भ्रष्टाचारसँग सम्बन्धित छन् । त्यसमध्ये २४ दशमलव २५ प्रतिशत मधेस प्रदेशका जिल्लाबाट छन् ।
चालु आर्थिक वर्षकाे चैत मसान्तसम्ममा अख्तियारकाे बर्दिबास कार्यालयमा ९ स ३३ वटा उजुरी परेका छन् । गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ सय ५३ सहित अहिले १ हजार ८ सय ८६ मुद्दाकाे कार्यालयले अनुसन्धान गरिरहेको छ ।














Discussion about this post