काठमाडौँ/बैशाख १७ गते । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्मह त्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्मह त्या गरेकी छिन् ।
प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा श व भेटिएको हो । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्मह त्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।
मृतक अनुमा श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् । पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।
मृतककी काकी सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा छ भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो । अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेकी हुन् ।
अनुमाले आत्मह त्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् । नुवाकोट स्थायी घर भई हाल बोहोराटार हाइटमा घर बनाई बसोबास गरिरहेका सुजन ढकालका बुवाले अनुमासँग छोरा सुजनको विवाह गराइदिन अस्वीकार गरेको कारण अनुमाले आत्मह त्या गर्नुपरेको मृतककी काकी सिर्जनाले दाबी गरिन् । अनुमाको शवसँगै भेटिएको ‘सुसाइडल डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समावेश गरेकी छिन् ।
अनुमाले यसअघि पनि आत्मह त्याको प्रयास गरेको उनकी काकी सिर्जनाले बताइन् । यसअघि गत वर्षको वैशाख र गत साउनमा पनि आत्महत्याको प्रयास गरेको तर त्यतिबेला बचाउन सकिएको सिर्जनाले बताइन् । यसपटक भने अनुमाले प्रेमी सुजन ढकालकै घरमा पुगेर आत्महत्या गरिसकेको अवस्थामा भेटिएको छ । सुसाइडल नोटमा अनुमाले ‘मायालाई मजाक बनाइएको’ भन्दै बिदा हुने कुरा उल्लेख गरेकी छिन् ।
आत्मह त्याको समयमा प्रेमी ढकाल धरानमा
यता अनुमाले प्रेमी सुजन ढकालकै घरमा गएर आत्महत्या गरेको समयमा प्रेमी सुजन ढकाल भने धरानमा रहेको पाइएको मृतककी काकी सिर्जनाले बताइन् । ढकाल काम विशेषले हो वा अन्य कारणले धरान गएको भन्ने जानकारी पाएको सिर्जनाले बताइन् ।
आत्मह त्या दुरुत्साहनमा जाहेरी दिने तयारी
लामो समय प्रेम सम्बन्धमा रही दुईपटक गर्भपतन समेत गराइसकेकी प्रेमिकालाई विवाह नगरी अलपत्र पारेको र प्रेमीका बुवाले समेत विवाह गरी घरमा भित्राउन अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनीहरुविरुद्ध आत्मह त्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेको मृतककी काकी सिर्जना श्रेष्ठले बताइन् । आफूहरू यतिबेला प्रहरी वृत्त बालाजुमा रहेको र जाहेरी दिने तयारी गरिरहेको बताइन् । प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।














Discussion about this post