बैशाख १४ गते । बालिका बलात्कारको आरोपमा एकजना प क्राउ परेका छन् । प क्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका–७० वर्षीय वृद्ध रहेका छन् ।
पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।
गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्या न मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो । पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई प क्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।
उनीमाथि जबरर्ज स्ती कर णी सम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्यपरीक्षण गरिएको र रिपोर्ट आउँन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । रासस














Discussion about this post