काठमाडौं । ड्राइभिङ लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था गरिने भएको छ । अहिले पाँच/पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ । अहिलेको यो व्यवस्था झण्झटिलो हुने भएकाले १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ज्वालाले भने, ‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं ।’
पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने विश्वास लिइएको उनले बताएका छन् ।














Discussion about this post