सप्तरी/चैत १८ गते। सप्तरीमा हिजो बिहीबार बिहान १०ः३० बजे हनुमाननगर कंकालनि नगरपालिका ८ जोगिनियास्थित भारदह हनुमाननगर सडक खण्डमा हनुमाननगरबाट भारदहतर्फ जादै गेको स.१०प. २९३५ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको मधेश प्र.०६–००१प.७२२३ नं.को मोटरसाइकल एक आपसमा ठोकिएको छ ।
दुबै मोटरसाइकल ठक्कर खाँदा स.१०प.२९३५ नं.को मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका ललापट्टी निवासी ३५ वर्षिय निरज मण्डल र मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल चालक कंचनरूप १ निवासी १८ वर्षिय श्रवण नायकको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दुर्घटनामा मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल पछाडी सवार १५ वर्षिय सविन महतोको दाहिने हात र खुट्टामा चोट लागेकोले भारदह अस्पतालमा उपचार भइरहेको छ ।














Discussion about this post