नातामा भान्जी पर्ने बालिकालाई बला त्कार गरेको आरोपमा वराहक्षेत्र नगरपालिकामा एक किशोर प क्राउ परेका छन् ।
प क्राउमा पर्नेमा वराहक्षेत्र नगरपालिकाको वार्ड नं १० स्थित घर भएका १९ वर्षका शंकर दर्नाल रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताएका छन् ।
आरोपी दर्नालले मिति २०७९ माघ २३ गते राती ९ बजे ललाई फकाई आफ्नो घरमा लगेर क रणी गरेकाे भन्दै बालिकाको आमाले दर्नाल विरुद्ध प्रहरीमा जाहेरी गरेकी थिइन् ।
दर्नाललाई तीन दिन पछाडि माघ २६ गते सप्तरीकाे कञ्चनपुरमा साँझ साढे ६ बजे, सार्वजनिक यात्रु बसमा चढेर काठमान्डौ तर्फ जान लाग्दा इलाका प्रहरी कार्यालय सप्तरीको सहयोगमा प क्राउ गरिएको प्रनी दत्तले बताए ।
आरोपी दर्नाललाई सुनसरी जिल्ला अदालत वाट ७ दिनको म्याद थपको अनुमति लिएर उनमाथि जब रजस्ती क रणी मुद्दामा थप अनुसन्धान भइरहेको इप्रका चक्रघट्टीले जानकारी दिएको छ ।














Discussion about this post