दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्का एक महिलासँग सामाजिक सञ्जालमा साथी बन्छन् । मेसेञ्जरमा चिनजान र कुराकानी हुँदैजाँदा उनीहरूबीच प्रेम सम्बन्ध कायम हुन्छ ।
त्यसक्रममा दुवै जनाबीच आपसी सहमतिमै शा रीरिक सम्बन्ध समेत हुन पुग्छ । तर महिलालाई थाहै नदिई अर्जुन खड्काले शा रीरिक सम्बन्ध हुँदाको फोटो तथा भिडिओ खिचेर राखेका हुन्छन् ।
दुवै जनाबीच असमझदारी उत्पन्न भएपछि उनले प्रतिशोध एवं ब्ल्या कमेलको रूपमा महिलाका साथीहरूलाई ती फोटो तथा भिडिओ पठाइदिए ।
यसरी अनावश्यक दुःख, हैरानी दिने, समाजमा चरित्रह’त्या, बदनाम, बेइज्जती गर्ने कार्य गरेपछि ती महिलालाई नेपाल प्रहरीको साइबर ब्यूरोमा केही दिन अघि उजुरी दिएकी थिइन् ।
प्रहरीले खड्कालाई प क्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा प क्राउ गरी उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
Discussion about this post