nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चुरे विनासले बस्ती नै सखाप

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १, २०७९, ७:४२ मध्यान्ह
चुरे विनासले बस्ती नै सखाप

धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो। चुरे विनाशको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन।

तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन्। हाल उनीहरू गाउँभन्दा करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगेर बसोबास गरेका छन्। त्यस ठाउँलाई अहिले क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ।

‘केही वर्ष अघिसम्म यहाँ मानिस बस्थे, तिनले खाने पानीको इनार यही हो’, सामुदायिक वन उपभोक्ता समिति महासंघ प्रदेश–२ का अध्यक्ष सोमप्रसाद शर्माले भने, ‘अचानक एक दिन बाढी आयो र बस्ती बगायो।’

पैँसठ्ठीभन्दा बढी घरपरिवार रहेको त्यो बस्तीमा अहिले खाली जमिन छ। केही पोखरी खनिएका छन् र ठूलो क्षेत्र बगरमा परिणत भएको छ।

विसं २०४५ मा झन्डै आठ फिट गहिराइबाटै नदीले काटेर बगाइदिएपछि सारा गाउँ नै बगरमा परिणत भयो।

अहिले यहाँ बस्ती थियो भन्ने कुनै प्रमाण यहाँ भेटिँदैन, एउटा इनारको भग्नावशेषबाहेक।

अध्यक्ष शर्माले भने, ‘यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौंं।’

यस्ता थुप्रै बस्ती अन्यत्र पनि विस्थापित बनेका छन्।

तराई–मधेसमा चुरे दोहनको फरक–फरक रोचक र टिठलाग्दो दृष्य छन्। अनियन्त्रित उत्खनन र चुरे दोहनले केही वर्ष अघिसम्म यहाँका खोलामा नियमित बगिरहने जरुवाको पानी बिलाएर गएको छ।

पानीका मुहान एकपछि अर्को गरेर सुक्न थालेका छन्। खानेपानीका मुहान, पोखरी, इनार, बगिरहने पानी र डिप बोरिङ बन्द भएपछि तराई–मधेसका अधिकांश क्षेत्र मानव बसोबास र कृषि उत्पादनका लागि अयोग्य बनेका छन्।

तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षीरेश्वरनाथ नगरपालिका–८ मा पर्ने यस गाउँको इतिहास दुई सय वर्ष पुरानो मानिएको छ। करिब दुई सय वर्ष पहिला यस गाउँमा थारू समुदायका मानिस भारतको मुङ्गेरबाट आएका हुन् भन्ने बुढापाका बताउँछन्।

यस गाउँमा शोभित चौधरीका बुढा हजुरबुवा अमृत पोद्धार(चौधरी) विर्तावाल थिए। यस भेगमा उनको ठूलो सम्मान थियो। पछि पहाडी समुदायका मानिसको प्रवेश हुन थालेपछि यिनीहरूको प्रभाव घट्दै गएको देखिन्छ।

विसं २००७ पहिले नै यस भेगमा जङ्गल फडानीको क्रम सुरू भइसकेको थियो।

पाल्पाबाट १९९० सालतिर नै आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमसेरको संरक्षणमा जङ्गल फडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए।

विसं २००७ को क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषा लोहना वभनगामा निवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए।

आन्दोलनको क्रममा उनको खातीहरू (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खाती) सँग निकट सम्पर्क भयो।

हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति मानिएका दिगम्बरले त्यस भेगमा जङ्गल फडानी गरी नयाँ बस्ती विस्तार गरेकाले उनको नामबाटै बस्तीको नाम दिगम्बरपुर राखियो। पछि बलबहादुर खाती गाउँका जमिन्दार र हर्ताकर्ता भए।

पहिला दिगम्बरपुरमा जलाद खोलाको चौडाइ चार सय मिटर मात्र रहेकामा अहिले हजार मिटरभन्दा पनि बढी भएको छ। बर्सेनि जलाद खोलाले ५–६ बिघा जग्गा कटान गर्ने गर्दछ। विसं २०४५ मा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै बगाएर लग्यो।

यहाँ बसोबास गर्दै आएका ७४ वर्षीय ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो उजाडस्थल हेर्न पुग्छन्। उनको बाल्यकालदेखिका थुप्रै सम्झना झलझली आउँछ।

‘हेर्दाहेर्दै सबैथोक लगिदियो’, बुढाथोकीले भने, ‘म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौं।’

रामेछापको नागदहबाट २०११ सालमा बुवाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए।

‘बा आमा मिलेर खेतीपाती सुरू गर्नुहुन्थ्यो’, उनले सम्झे, ‘हामी त्यहीँ खेलेर हुर्कियौं।’

आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाए। जलाद खोलाको छेवैमा भएकाले यहाँ मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुन्थ्यो। गाउँमै मूल फुटेर निस्केको पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिञ्चित गर्न मद्दत गरेको थियो।

ललितबहादुरले भने, ‘विसं २०४२ ताकाको कुरा हो, सोझो नदी त हेर्दाहेर्दै नागदेबेली परेर बग्न थाल्यो। सुरूमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै ल्यायो। अर्को वर्ष अझ बढी कटान भयो।’

विसं २०४४ मा गाउँभरि नदी बग्न सुरू भयो। जुन दिन खेतमा नदी पस्यो, त्यसै दिनदेखि नै यहाँका बासिन्दाको उठिबास भयो।

उनले भने, ‘अरू गाउँले त तत्कालै छाडेर हिँडिहाले। म चाहिँ किनार किनार सर्दै त्यतै बसिरहेँ। अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सीप नलागेर मैले पनि बसाइँ सरें।’

उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो।

अहिले अन्यत्रबाट थपिएकासमेत गरेर डेढ सयभन्दा बढी परिवार यहाँ बसोबास गर्दछ।

खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका उनले जानेको अरू कुनै काम थिएन।

बिहे भएर गएकी छोरीले किनिदिएको १० धुर जग्गामा एउटा छाप्रो बनाएर उनका श्रीमान–श्रीमती बस्दै आएका छन्।

‘बिहान बेलुका यहीँ चिया बनाएर बेच्ने गर्छु। मुश्किलले जीवन चलिरहेको छ।’

यसरी विस्थापित हुनुपर्दाको समस्या उनलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई परेको छ। त्यो गाउँका कसैको पनि जग्गा जमिन अर्को गाउँमा थिएन। चारकिल्ला ठोकिएजस्तो थियो यो ठाउँ। यहाँ पहाडे र मधेसी परिवारको मिश्रित बसोबास थियो।

उनले भने, ‘यस्तो अवस्थामा सबै एकसाथ बिल्लीबाँठ भयौं।’

आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै परिवारको नम्बरी जग्गा रहेको यहाँ बताउँछन्।

उनका अनुसार छेडीपोखरीमा पसेको झन्डै १० वर्षपछि फेरि नदीले बाटो फेरेको थियो।

छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव भन्छन्, ‘उहाँ केटाकेटी हुञ्जेल पनि गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र बगेको थियो। त्यतिबेला बढीमा सय मिटर चौडा थियो।’

नदीतर्फ औंल्याउँदै उनी भन्छन्, ‘अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।’

छेडीपोखरीमा नदी पसेर जलादले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बनाइदियो। अहिले नदी योबीचकै धारबाट बगिरहेको छ। पछिल्लो समय नदीको तटबन्ध गरिए पनि बर्सेनि कटान नरोकिएको समाजिक परिचालक लक्ष्मीकुमार बताउँछन्।

राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध कार्यालयमार्फत चुरे संरक्षणका प्रयास भइरहेका छन्।

चुरे संरक्षणको निम्ति गम्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी गाउँजस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुने विज्ञहरूले औँल्याएका छन्।

वातावरणविद्, चुरेका अनुसन्धानकर्ता डा विजयकुमार सिंह दनुवार भन्छन्, ‘जुन मात्रामा चुरेले विनाश भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो छ।’

तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ। काठको चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नाङ्गो भइसकेको बताए।

वन फडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको सिंहको भनाइ छ।

वर्षामा आउने भेलले ढुंगा, माटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ। चुरेभन्दा माथिको महाभारत पर्वत शृङ्खलामा हुने गतिविधि पनि चुरे र तराई–मधेससँगै जोडिने विज्ञ सिंहको भनाइ छ।

महाभारत शृङ्खलाका पहाड नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमिकरण हुनेछ।

‘महाभारतका पहाड उत्खनन गर्दा २५/३० प्रतिशत मात्रै निर्यातयोग्य ढुङ्गा, गिट्टी निस्कन्छ, बाँकी ७०/७५ प्रतिशत ‘डेमरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ’, डा सिंह भन्छन्, ‘दर्जनौं पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन।’

रासस

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!