मंसिर २८ गते। झारफुकको बहाना गरी ज वरजस्ती क रणी गरेको आरोपमा एक जना युवक कपिलवस्तुमा प क्राउ परेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले प क्राउ गरेको हो ।
हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जव रजस्ती क रणी गरी फ रार भएका थिए ।
पीडित युवतीको जाहेरीपछि हरिजनलाई प क्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जव रजस्ती क रणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार प क्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति हुन् । झारफुक गरेर रोग निको गरिदिने बहानामा हरिजनले जव रजस्ती करणी गर्न खोज्दा युवतीले उजुरी गरेकी हुन् ।














Discussion about this post