आदित्य अजय /सप्तरी /असोज १८ गते। मिथिलाञ्चलका प्रसिद्ध गायक सनु कुमार र आरजे कौशल झा द्वारा संचालित सनु कुमार इन्टरटेनमेन्ट युट्युब च्यानल मिथिलान्चलको नं १ युटुब चैनल बन्न सफल भएको छ ।

सोमवार सप्तरीको विष्णुपुर गाउपालिका स्थित एस.के. ऐयरपोर्ट होटेल एण्ड रेष्टुरेन्ट गोरगमामा एक कार्यक्रम बिच युट्युब कम्पनी बाट गोल्डेन प्लेय बटन प्राप्त गरेको अवसरमा केक काटेर खुशियाली मनाएका छन ।
उक्त अवसरमा गायक सोनु कुमारले युट्युब च्यानललाई जिरो देखी १ मिलियन सम्म पुर्याउन सहयोग गर्ने सबै दर्शकहरूलाई धन्यवाद दिएका छन । उनले भने चाडै मैथिली भाषाको विकास र उद्यानका लागी मैथिली फिल्म बनाउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा बरिष्ट गीतकार भूषण सिंह ‘भँवर’ले भने मैथिली गीतसङ्गीतको माध्यमले मैथिली प्रति बढ्दै गएको क्रेजले उज्वलता को सङ्केत भएको बताए ।
डिजिटल म्यानेजर कौशल झाले एक मिलियनबाट एक वर्ष भित्र ५ मिलियन पुर्याउने लक्ष्य रहेको र मैथिली भाषालाई विश्वभरि पुर्याउने उद्देश्यले युट्युब च्यानल मार्फत मैथिली क्षेत्र र भाषालाई प्रवर्द्धन गर्नुपर्ने बताए ।
युट्युब च्यानलका टेक्निसियन सनोज विश्वासको अध्यक्षतामा आयोजित कार्यक्रममा भारत बिहार निर्मलीका बिनित शेखर, पत्रकार चन्दनकुमार यादब, रामनारायण यादब लगायतले युटुव च्यानल १ मिलियन पुगेको अवसरमा शुभकामना दिएका थिए ।
उक्त अवसरमा गीतकार सुरज झा ‘सुमन’, गायक केशव कर्ण,आदित्य अजय ,नायक करण शर्मा, निर्देशक सन्दिप मण्डल, कामेश्वर परदेशी, चुन्नु शर्मा लगायत सनुकुमार युट्युब च्यानल टिमका सदस्यहरूको उपस्थिति रहेको थियो ।














Discussion about this post